२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

प्रहरीले दियो सुन तस्करीमा राहुल महरासहित ३ जनालाई मुद्दा चलाउन राय



विद्युतीय चुरोट (भेप)मार्फत् अवैध सुन तस्करीको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित तीन जनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जिल्ला सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन सीआईबीले राय सहितको हो । ६१ किलो सुन प्रकरणमा समेत संलग्न दावा छिरिङ हाल कारागारमै छन् ।

यही कसुरमा एक जना नेपालीलाई फरार सूचीमा राखिएको छ । सुन ल्याउने चिनियाँ नागरिक दावाजिनसहित ६ चिनियाँलाई नेपालभित्र पक्राउ परेको बखत अनुसन्धान बमोजिम हुनेगरी खोजी सूचीमा राखिएको छ ।

भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन राय दिइएको छ । २०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिकको योजनामा भेपमा लुकाएर ९ किलो ११.५२४ग्राम सुन भेटिएको थियो ।

भेपका रुपमा ल्याइएको वस्तु शंकास्पद देखिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । त्यसपछि भेप छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुलले समेत दबाब दिएको बताइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ६ : ४४ बजे