न्युयोर्कमा उबर र लिप्ट कम्पनिले चालकहरुको ठगेको ३ सय २८ मिलियन रकम यो हप्ताबाट दिने भएको छ । यो रकम पाउनका लागी मार्च ७ तारिख बिहिबारदेखि चालकहरुको इमेल र टेक्टम्यासेजमा आएको व्यक्तिगत दावी नम्बर राखेर फाराम भरेर पठाउनु पर्ने न्युयोर्क टयाक्सी एलाइन्सले जानकारी दिएको छ ।
सन २०१४ देखि २०१७ सम्म चालकहरुको कमाईको १५ देखि १७ प्रतिशत रकम उबर र लिप्ट कम्पनिले ठगेको भनी एलाइन्सले एट्रोनि जनरलको कार्यालयमा मुद्धा हालेका थिए । सन २०२० मा हालेको मुद्धाको सुनुवाइ अनुसार उबर र लिप्ट कम्पनिले चालकहरुको लुटेको सबै तिर्नु पर्ने आदेश दिएको थियो ।
एलाइन्स न्युयोर्कमा सवारी चलाउने चालकहरुको हितमा काम गदै आएको सस्था हो । ‘ त्यो अवधीमा काम गरेका चालकहरु जहा भएपनि दावी गरेमा पाउनु पर्ने सबै रकम पाइने छ ‘ एलाइन्सले भने—’ रकम दावी गर्नका लागी आफुलाई प्राप्त दावी नम्बर राखेर फाराम भरेर पठाउनु पर्नेछ ‘ । एलाइन्सका अनुसार ३२८मिलियन डलर ८० हजार चालकहरुले पाउने भएको छ । मृत्य भइसकेका चालकहरुको परिवारले दावी गरेमा पाइने भएको छ ।