२५ श्रावण २०८३, सोमबार | Mon Aug 10 2026

इलाम-२ मा पहिचानवादीहरूको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम



कोशी नामाकरणको बिरोध गरिरहेका पहिचान पक्षधरहरुले इलाम– २ को उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने भएको छ ।

उनीहरुले बिहीबार रिपोर्टर्स क्लवमा पत्रकार सम्मेलन गरी वैशाख १५ गते हुने इलाम-२ को उपनिर्वाचनमा डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने घोषणा गरेका हुन् ।

उनी प्रदेश नं १ पुनः नामांकन सयुक्त संघर्ष समितिको अध्यक्ष पनि हुन् ।

‘इलाम जिल्ला क्षेत्र नं २ मा प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिको तर्फबाट प्रदेश नं १ पुनः नामकरणको विगत २०७९ फागुन १७ गतेबाट जारी आन्दोलनको अग्रपङ्क्तिमा सशक्त नेतृत्व गर्दै आउनुभएका संघर्ष समितिका वर्तमान अध्यक्ष डकेन्द्रसिंह लिम्बूलाई पहिचान पक्षधरहरूको सर्वसम्मत साझा स्वतन्त्र उम्मेदवार घोषणा गरिएको सार्वजनिक गर्दछौं,’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ५ : ३२ बजे