राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पेश गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकमा अबरोध गरेको छ । कांग्रेसको अबरोधको कारण नीति तथा कार्यक्रम पेश गरेबापत राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्तावसमेत दुवै सदनमा पेश हुन सकेन ।
बैठक प्रारम्भ भएको सभामुखले घोषणा गर्नासाथ कांग्रेस सांसदहरु वेल घेराउ गर्न पुगेका थिए । उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘सहकारी ठगलाई कारबाही गर’, ‘संसदीय छानबिन समिति गठन गर’ लगायत नारा लगाएका थिए ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई धन्यवाद दिने, संसद्का विभिन्न कार्यसूची रहेको भन्दै कांग्रेस सांसदहरुलाई आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए । तर, सभामुख घिमिरेको पटक-पटकको आग्रहलाई कांग्रेस सांसदहरुले नमानेपछि बैठक जेठ ३ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
कांग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग राखेर संसद अवरुद्ध पार्दै आएको छ । आजको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुन दिइए पनि त्यसपछि बसेका बैठक चल्न दिएको हो ।