२४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026

पोखराबाट फर्केका पूर्वराजा शाह निर्मल निवासमा



राजावादीहरुले केही उपद्रव गर्न सक्ने भन्दै राजधानीको सुरक्षा व्यवस्था कडा पारिए पनि परु्व राजा ज्ञानेन्द्र शाह पोखराबाट आएर समर्थकहरुका साथ निर्मल निवासतर्फ लागेका छन् ।

शाह पोखराबाट आउने भएपछि राजावादीहरुले विमानस्थलमा उनको स्वागत गर्न र राजा फर्काउने भन्दै सामाजिक सञ्जालमा सूचनाहरु जारी गरेका थिए । त्यस मध्येका एक अगुवा दुर्गा प्रसाइले राजालाई लाखौं जनता राजाको स्वागतमा काठमाडौं आउने र उनलाई नारायणहिटी दरवारमा लगेर राख्ने घोषणा गर्दै प्रचार गरेका थिए ।

यही मौकामा राजावादीहरुले अरजाकता निम्त्याउन सक्ने आँकलन गरेर काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको थियो । यद्यपी अप्रिय घट्ना भएन । शाह समर्थकहरुका साथ आफ्नै निवास निर्मल निवास गएका छन् ।

उनी आइतबार समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड विमान चार्टर गरेर काठमाडौँ आएका हुन् । आइतबार अपरान्ह त्रिभुवन विमानस्थल ओर्लिएका उनलदाई विमानस्थलको गेटदेखि नै राप्रपालगायतका समर्थक र विभिन्न समर्थकहरूले र्‍याली गरी स्वागत गरेका थिए ।

शाहलाई स्वागत गर्न दिउँसैदेखि राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए । र्‍यालीका क्रममा गाडीमा उभिएर शाहले आफ्नो समर्थकहरुलाई अभिवादना गरेका थिए ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : ३४ बजे