राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै राजावादी समूहद्वारा आयोजित शुक्रबारको प्रदर्शन अराजक बनेको छ । प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा भएको छ भने प्रदर्शनकारी अराजक समुहले निजी सम्पत्तिहरुमा पनि क्षति पुर्याएको छ । सुरक्षाकर्मीले भीड नियन्त्रण गर्न आश्रुग्यास र हवाई फायर समेत गरेका छन् ।
अहिले तीनकुनेदेखि जडीबुटीसम्मकान लागि कर्फ्यु आदेश जारी गरिएको छ । काभ्रेतिरबाट आएने गाडीहरुलाई अहिलेका लागि रोकिएको छ ।
समाजवादी मोर्चा र राजावादीको प्रदर्शन एकै दिन हुने भएपछि काठमाडौं प्रशासनले समाजवादी मोर्चालाई प्रदर्शनी मार्ग र राजावादीलाई तीनकुनेमा प्रदर्नशको लागि ठाउँ तोकेको थियो ।
तर राजावादीहरु तीनकुनेमा जम्मा भएर अघि बढ्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । स्थित त्यसबेला उग्रबन्यो जब राजावादी आन्दोलनको कमाण्डर तोकिएका विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफैले गाडी चलाएर प्रहरी घेरा तोडे । त्यसपछि प्रदर्शनकारीहरुले प्रहरी माथी ढुंगामुडा गरेका थिए भने प्रहरीले टियर ग्यास प्रहार, पानीको फोहोरा प्रहर, रबरको गद्यी तथा हवाई फायर गरेको थियो ।
उग्र बनेको प्रदर्शनकारीले तीन कुनेमा रहेका केही घरहरुमा तोडफोड गरे भने एक घरमा आगोसमेत लगाएका छन् । प्रहरीका अनुसार स्थिति नियन्त्रण बाहिर जान नदिन फायर ब्रिगेड बोलाइएको थियो, तर प्रदर्शनकारीहरूले आगो निभाउन आएको दमकलमाथि समेत ढुंगामुढा प्रहार गरेपछि अवस्था झन् तनावपूर्ण बनेको थियो ।
त्यसपछि भने प्रहरीले राजावादीको कार्यक्रमलाई नै तितरवितर बनाएको थियो । प्रहरीले हस्तक्षेप गरेपछि राजावादीको पूर्वनिर्धारित कार्यक्रम हुन सकेन ।
त्यहाँबाट तितरविरत भएको समुहले कोटेश्वरमा एउटा प्रहरीको भ्यान, एउटा गाडी र मोटरसाइकलमा तोडफोड गर्यो । नेकपा समाजावादी पार्टीको कार्यालयमा आगजनी गर्यो भने नेकपा माओवादीको कार्यालयमा पनि तोडफोडको प्रयास गर्यो ।
त्यही समुहले कोटेश्वरको भाटभटेनीमा पनि लुटपाट गरेको छ । सामानहरु बाहिर ल्याएर जलाउनुका साथै तोडफोड गरेको छ । त्यसैगरेर उनीहरुले सञ्चार गृहहरुमा पनि तोडफोड गरेका छन् । कान्तिपुर टीभी र अन्नपूर्ण पोष्टको कार्यालयहरुमा तोडफोड गर्नुका साथै आगजनीको प्रयास गरेका छन् ।
सरकारले राजावादीहरु अराजक रुपमा अघि बढ्न सक्ने आकलन गर्ने काठमाडौंका विभिन्न भागमा करिब ४,००० सुरक्षाकर्मी परिचालन गरेको थियो । तर प्रदर्शन हिंसात्मक भएपछि अतिरिक्त फोर्स खटाइएको बताइएको छ । सरकारले औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन, तर सुरक्षाकर्मीहरूलाई थप तयारी अवस्थामा राखिएको छ ।


















