नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घको आठौं महाधिवेशनबाट लक्की चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
रुपन्देहीको लुम्बिनी बौद्व विश्वविद्यालयमा चैत २९ र ३० गते आयोजित आठौं संघीय महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा सरु राना मगर, उपाध्यक्षहरु विश्वराज तामाङ, अञ्जना शिल्पकार, अर्जुन जम्नेली राई, यमन राईडोने र महासचिवमा समीर बलामी निर्वाचित भएका छन् ।
त्यसैगरी सचिवमा मिलन गाहा मगर, सन्दिप कुमार श्रेष्ठ, एमबी आस्था मगर, सुनिल महर्जन, माला पालुङवा लिम्बु र मिला दराई चयन भएका छन् भने कोषाध्यक्षमा अर्जुनबहादुर तामाङ र सह–कोषाध्यक्षमा लक्ष्मी स्याङ्ताङ (कमला) निर्वाचित भएका छन् ।
त्यस्तै सात प्रदेशको इन्चार्जमा प्रदेश १ मा राजेन्द्र दुष्ट, मधेशमा शंकरलाल श्रेष्ठ, बागमतीमा सुरेन्द्र भक्त श्रेष्ठ, गण्डकीमा रुद्र श्रीस, लुम्बिनीमा गजेन्द्र गुरुङ, कर्णालीमा रत्न सुनुवार र सुदूरपश्चिममा राम लखन चौधरी निर्वाचित भएका छन् । यसैगरी सदस्यमा अतित योङहाङ, प्रदिप कुमार चौधरी, प्रज्वल श्रेष्ठ, निरज रञ्जित, अमिर लामा, प्रदिप कुमार लेखी, साहिला तामाङ, दान बहादुर गुरुङ, श्याम राना मगर र सुरजवीर बज्राचार्य निर्वाचित भएका छन् ।
त्यसैगरी विनु चेम्जोङ, रत्ना गुरुङ, सरस्वती श्रेष्ठ, प्रतिमा चौधरी, मिक्साङ वाईबा तामाङ, सुप्रिया राई, भूमिका फियाक लिम्बु, रिया आले, संगीता चेपाङ, प्रितम भुजेल र विनोद श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन् ।
लेखा समितिको संयोजकमा गजेन्द्र राई र सदस्यमा प्रविण कुमार गाहा निर्वाचित भए,