३१ असार २०८३, बुधबार | Wed Jul 15 2026

केआईआईटी फेरी नेपाली छात्राको मृत्यु



भारतको कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थी छात्राबासमा मृत भेटिएकी छन् । यसअघि पनि त्यही विश्वविद्यालयमा एक नेपाली छात्राले आत्महत्या गर्दा समस्या उत्पन्न भएको थियो ।

विश्वविद्यालय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाए अनुसार उडिसास्थित उक्त विश्वविद्यालयको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलमा रहेको आफ्नै कोठामा बारा सिम्रौनगढकी एक छात्रा बिहीबार साँझ मृत अवस्थामा फेला परेकी हुन् । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार अहिले प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ ।

साँझ करिब साढे ७ बजे नियमित जाँचको क्रममा उनले ढोका नखोलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएको बताइएको छ । विश्वविद्यालयको इन्टरनेसनल रिलेसन डिपार्टमेन्टले दूतावसलाई प्रारम्भिक विवरण जानकारी गराएका हुन् ।

बिश्वविद्यालयमा प्रहरीको गाडी पुगेको बताइएको छ । समर भ्याकेसन भएकाले धेरैजसो विद्यार्थी घर गएको र पहिलो वर्षको विद्यार्थीको भने परीक्षा चलिरहेको छ । मृतक पनि बिटेक पहिलो वर्षको विद्यार्थी रहेको बताइएको छ ।

यही विश्विवद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन् ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १० : ४८ बजे