३० श्रावण २०८३, शनिबार | Sun Aug 16 2026

साइबार व्यूरोमा उपस्थित हुन दिलभूषण पाठकका नाममा सूचना जारी



नेपाल प्रहरीको साइबर ब्यूरोले पत्रकार दिलभूषण पाठकको नाममा कार्यालयमा उपस्थित हुन सूचना जारी गरेको छ । पीडित ‘साइबर ब्यूरो ५९’को जाहेरीले सरकार प्रतिवादी भएको विद्युतीय कारोबार ऐन, २०६३ अन्तरगतको कसुरमा पक्राउ अनुमति प्राप्त भएको उल्लेख गर्दै पाठकलाई उपस्थित हुन सूचना जारी गरिएको हो ।

जिल्ला अदालत काठमाडौंले दिएको पक्राउ पूर्जीविरुद्ध पाठकका तर्फबाट उच्च अदालत, पाटनमा निवेदन परेको थियो । त्यसक्रममा अदालतले दुवै पक्षलाई ५ असारमा छलफलका लागि बोलाउँदै कानुन बमोजिक बाहके धरपकट नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

मंगलबार ब्यूरोको वेवसाइटमा सूचना जारी गर्दै उनलाई ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा उपस्थित भएर अनुसन्धानमा सहयोग गरिदिन भनिएको छ ।

हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई जाडेको भन्दै उनीविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी परेको थियो । त्यसपछि प्रहरीले विद्युतीय अपराध ऐनको दफा ४७ अन्तरगतको कसुरमा पाठकलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंबाट अनुमति लिएको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  १० : ०८ बजे