२१ कार्तिक २०८२, बिहिबार | Fri Nov 7 2025

अमेरिकाले गर्यो छ हजार बिद्यार्थीको भिषा रद्द



संयुक्त राज्य अमेरिका सरकारले छ हजार भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भिषा रद्द गरेको छ जनाएकमो छ । उनीहरुको भिषान अमेरिकी कानून उल्लंघन र भिषा अवधि नाघ्नु रहेको छ बीबीसीले अमेरिकी स्टेट डिपार्टमेन्टलाई उदृत गर्दै जनाएको छ ।

स्टेट डिपार्टमेन्टका अनुसार, अधिकांस उल्लंघनहरू आक्रमण, मदिरा सेवन गरेर गाडी चलाउनु (ड्राइभिङ अन ड्रग्स), चोरी, र “आतंकवादको समर्थन” सम्बन्धी छन् । यो कदमले ट्रम्प प्रशासनको आप्रवासन र अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा कडाइको निरन्तरता जनाउँछ ।

स्टेट डिपार्टमेन्टले “आतंकवादको समर्थन” भनेको के हो स्पष्ट भनेको छैन, तर ट्रम्प प्रशासनले केही विद्यार्थीहरूलाई निशाना बनाएको छ जसले प्यालेस्टाइनको समर्थनमा विरोध प्रदर्शन गरेका थिए, र आरोप लगाएको छ कि उनीहरूले विरोधको क्रममा यहूदी-विरोधी गतिविधि देखाएका थिए ।

रद्द गरिएका ६,००० विद्यार्थी भिषामा करिब ४,००० भिषा कानून उल्लंघनका कारण रद्द भएका थिए भने २००-३०० भिषाहरू “आतंकवादी क्रियाकलाप” अन्तर्गत रद्द गरिएको स्टेट डिपार्टमेन्टले जनाएको छ । यसमा अमेरिकी कानून वा मानव जीवनलाई खतरामा पार्ने गतिविधिहरू समेटिन्छ चनिएको छ ।

यसअघि ट्रम्प प्रशासनले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि भिषा अपोइन्टमेन्ट रोकिदिएको थियो । रिपोर्ट अनुसार, जुनमा भिषा आवेदन प्रक्रियामा सामाजिक सञ्जाल स्क्रिनिङलाई कडाइ गरिएको छ । आवेदनकर्ता सबैको सामाजिक सञ्जाल सार्वजनिक गर्नुपर्ने अनिवार्यता राखिएको छ र त्यसबाट अमेरिकी नागरिक, सरकार, संस्कृतिको विरुद्धका संकेत खोजिनेछ ।

स्टेट डिपार्टमेन्टका अधिकारीहरूलाई भनेको छ कि तिनीहरूले तिनीहरूलाई पहिचान गर्नुपर्छ जो प्रत्यक्ष वा परोक्ष रूपमा विदेशी आतंकवादी समूहहरूलाई सहयोग गर्छन् वा यहूदी-विरोधी हिंसा वा उत्पीडनमा संलग्न छन् ।

विदेशमन्त्री मार्को रुबियोले मे महिनामा अमेरिकी संसदहरूलाई बताए अनुसार जनवरीदेखि “हजारौं” विद्यार्थी भिषा रद्द गरिएको छ र यो प्रक्रिया जारी रहनेछ । उनले भनेका छन्, “हामी यहाँ आएकाहरूको भिषा रद्द गर्न जारी राख्नेछौं जसले हाम्रो उच्च शिक्षा संस्थानहरूमा अवरोध गरेका छन् ।”

तर डेमोक्रेटहरूले यो कदमलाई न्यायिक प्रक्रिया विरुद्धको आक्रमण भनेका छन् । हालैको शैक्षिक वर्ष २०२३-२४ मा २१० भन्दा बढी देशका करिब ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गरिरहेका छन् । यसैले यो कदमले विश्वका विद्यार्थीहरूमा अमेरिका जाने निर्णयमा असर पर्न सक्ने संभावना छ ।

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार  १० : ५९ बजे