२१ कार्तिक २०८२, बिहिबार | Fri Nov 7 2025

नर्थक्यारोलिनाको रालीमा दशैकप फुटबल हुदै




दशैतिहारको आगमानसंगै यस वर्ष पनि नर्थक्यारोलिनाको आरटिपि क्षेत्रका फुटबल खेलाडीहरु वीच दशै कप फुटबल प्रतियोगिता हुने भएको छ । विभिन्न ८ समुहमा भाग लिएका खेलाडीहरु यतिखेर अभ्यास र तयारीमा जुटिरहेका छन । १ सय ५० भन्द बढि युवाहरुले भाग लिएको यो प्रतियोगता सेम्टेम्बर ५ देखि सेप्टेम्बर २७ सम्म हुने भएको छ । एपेक्सको नेचरपार्क र प्लेजेन्ट पार्कमा खेल हुने तय भएको छ ।

‘ दशैतिहारको आगमानसंगै हामी युवाहरु आपसमा चिनजानसंगै रमाइलोको लागी यो प्रतियोगिता आयोजना हुदै आएको हो ‘आयोजक समितिका सदस्य विकास सापकोटाले भने -‘खेलमा हारजित आफनै ठाउमा छ तर त्यो भन्द पनि नया नया मित्रहरुसंग चिनजान हुन पाउदा निकै खुसी लागीरहेको छ’ ।
उनका अनुसार सन २०१८ देखि नर्थक्यारोलिनाको राली क्षेत्रका युवाहरु एक ठाउमा भेला भएर खेल्दै आएको यो ठुलो प्रतियोगिता हो । कोभिडको कारण दुई बर्ष हुन नसकेको यो प्रतियोगिता अहिलेसम्म निरन्तर रुपमा हुदै आएको छ । ‘शुरु शुरुमा हामी थोरै भएर एकै दिनमा खेल सकिन्थ्यो तर अहिले धेरै खेलाडीहरु भएकोले एक महिना पुरै लाग्ने भएको छ’ सापकोटाले बताए ।

आरटिपि दशै कप प्रतियोगिताको आयोजक समितिको सदस्यहरु उत्तम निरौला, जीवन न्यौपाने, निराजन कार्की, अनुप अर्याल, संंयम लामीछाने, सन्तोष गौतम, प्रदिन मगर ,नरेन थापा र मोहन सापकोटा खटिरहेका छन । नेपाल चिनाउने अभिप्रायले राखिएको टिमको नाम अनुसार यस पटक सन्तोष गौतम क्याप्टेन रहेको गण्डकी एफसि, नरेन थापा क्याप्टेन रहेको मर्स्याङदी एफसि,जीवन न्यौपाने क्याप्टेन रहेको त्रिसुली एफसि, मोहन सापकोटा क्याप्टेन रहेको तमोर एफसि, अनुप अर्याल क्याप्टेन रहेको मनोहरा एफसि, प्रदीन मगर क्याप्टेन रहेको कोशी एफसि, निराजन कार्की क्याप्टेन रहेको बागमति एफसि र संयम लामीछाने क्याप्टेन रहेको नारायणी एफसि वीच खेल हुने भएको छ । प्रतियोगिता सफल बनाउन एनसिएनसि लगायत विभिन्न व्यवसायीहरुले सहयोग गदै आइरहेका छन ।

Screenshot

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ११ : ११ बजे