गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ विश्व महाधिवेशनले नयाँ नेतृत्वसहितको कार्यसमिति घोषणा गरेको छ। महाधिवेशनबाट डा. हेमराज शर्मा अध्यक्षमा निर्वाचित भएका छन् भने संगठनको नेतृत्व संरचनालाई व्यापक बनाउँदै विभिन्न तहमा पदाधिकारी र संयोजकहरू चयन गरिएको हो।
वरिष्ठ उपाध्यक्षमा रविन शेरचन चयन भएका छन्। त्यस्तै, उपाध्यक्षहरूमा रामशरण सिंखडा, विश्वास दीप तिगेला, मनोज कुमार श्रेष्ठ, रोजिना प्रधान राई, रोशन थापा, प्रविण गुरुङ, बुद्धि सुवेदी, चिन्तामणि सापकोटा, दधिबल खड्का, दिनेश पोखरेल, रविन बज्राचार्य, गोपीकृष्ण काफ्ले, डा. ज्ञानेन्द्र रेग्मी, जुनु गुरुङ, कमलमणि गुरागाईं, लोकप्रसाद दाहाल, भनेन्द्र ओली, पूर्णचन्द्र बानियाँ, टंकप्रसाद गैरे, खगेन्द्र न्यौपाने र तिलक गैरे चयन भएका छन्।
महिला उपाध्यक्षमा राधिका गुरुङ ‘टिका’ र युवा उपाध्यक्षमा भिमसेन थापा चयन भएका छन्। महासचिवमा डा. चिरञ्जीवी खड्का चयन हुँदा उपमहासचिवमा अनुजा प्रधान, वेदराज बस्नेत, दिनेश कुमार घिमिरे, पारसमणि पोख्रेल, राजेन्द्र अर्याल र स्वतन्त्र प्रताप शाह रहेका छन्।
सचिवमा अभिमन्यु बस्नेत, दिपेश खत्री, मदनराज पौडेल, माधव दुलाल, मोहम्मद मुक्तदा मुसलमान, प्रसुन्ना कडेल, शिव प्रसाद पौडेल, सुजन अधिकारी, सुजन केसी खत्री, सुपेन्द्र घिसिङ, यज्ञनारायण पौडेल, भवानी प्रसाद तिम्सिना र रमेश भट्ट चयन भएका छन्। महिला सचिवमा अमृता थापा कञ्चन चयन भएकी छन्।
कोषाध्यक्षमा कृष्णप्रसाद तिम्सिना र सह-कोषाध्यक्षमा अब्दुल बासिद तथा विमल सुवेदी चयन भएका छन् भने महिला सह-कोषाध्यक्षमा गंगा खतिवडा रहेकी छन्। महिला संयोजकमा रश्मि थापा र युवा संयोजकमा नविन निउरे चयन भएका छन्।
यसैगरी, क्षेत्रीय संरचनाअन्तर्गत अफ्रिका संयोजकमा मनोज विक, अमेरिका संयोजकमा भुवन खरेल, एसिया प्यासिफिक संयोजकमा दिपक प्रसाद कडेल, युरोप संयोजकमा रोबर्ट लिम्बु, मध्यपूर्व संयोजकमा रमेश श्रेष्ठ र ओसेनिया संयोजकमा रमेश जोशी चयन भएका छन्।
महाधिवेशनले विभिन्न क्षेत्रीय उप–संयोजक, महिला संयोजक, युवा संयोजक तथा दोस्रो पुस्ता संयोजकसहित विस्तृत संरचना घोषणा गरेको छ। दोस्रो पुस्ता संयोजकमा दीपमाला ढकाल र प्रवक्तामा सोम सापकोटा चयन भएका छन्।
नयाँ कार्यसमितिले विश्वभर रहेका नेपाली समुदायको हित, लगानी, सीप तथा ज्ञान हस्तान्तरणलाई सुदृढ बनाउने लक्ष्यसहित काम गर्ने अपेक्षा गरिएको छ। साथै, संस्थाको संरचना विस्तारले विश्वव्यापी सञ्जाललाई थप प्रभावकारी बनाउने विश्वास लिइएको छ।









