७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

तीन उपप्रधानसहित आठ सदस्यिय मन्त्री मण्डल गठन, रबि बने उपप्रधानसहित गृहमन्त्री



प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। मन्त्रिपरिषदमाप्रचण्डले ३ जनालाई उपप्रधानमन्त्री बनाएका छन्। 

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीकासभापति रवि लामिछाने उपप्रधानमन्त्री बनेका छन्।

राष्ट्रपति भवन शितल निवासमा सोमबार आयोजित कार्यक्रममा विष्णु पौडेलले अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमानारायणकाजी श्रेष्ठ र गृहमन्त्रीमा रवि लामिछानेले पद तथा गोपनियताको शपथ लिएका छन्।

अर्थमन्त्री पौडेलले यसअघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेता श्रेष्ठलेयसअघि पनि परराष्ट्रमन्त्री र गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन्। 

उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी सम्हालेका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति हुन्।

यस्तै, मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान पनि मन्त्रिपरिषदमा सहभागी भएका छन्।

खान सिके राउत नेतृत्वको जनमत पार्टीका उपाध्यक्ष हुन् भने अन्य तीन मन्त्रीहरू नेकपा एमालेका हुन्। उनीहरूको जिम्मेवारी पछितोकिने भएको छ।

आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाललाई राष्ट्रपति भण्डारीले नेपालको ४४ औं प्रधानमन्त्रीमा नियुक्त गरेकीथिइन्।

प्रकाशित मिति : ११ पुस २०७९, सोमबार  ९ : २५ बजे