५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

दुई खेलमा लगातार अमेरिकालाई जितेपछि नेपाललाई सिरिज



नेपालले आइतबार अमेरिकाविरुद्धको दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल सुपर ओभरमा जितेपछि सरिज हात पारेको छ । तीन खेलको सिरिजमा दुवै खेल जिते पछि अब सोमबार हुने अन्तिम खेल औपचारिकतामा सिमित भएको छ ।

डलासमा भएको खेलमा सोमपाल कामी सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । उनले चार बलमा दुई विकेट लिएका थिए । अन्तिम दुई बलमा लगातार विकेट लिएका हुन् । सौरभ नेट्राभाल्करको बलमा नेपालका लागि कप्तान रोहित पौडेल र कुशल भुर्तेलले चार बलमा तीन रन बनाएका थिए ।

अमेरिकालाई अन्तिम ओभरमा जित्नलाई सात रन चाहिएको थियो । अझ अन्तिम बलमा दुई रन चाहिने स्थिति बनेको थियो, तर त्यसलाई हात पार्न सकेन । अमेरिकाका लागि ओपनर साइतेजा मुखमलले ४१ बलमा ४७ रन बनाए । उनले दुई चौका र तीन छक्का प्रहार गरे ।

भुर्तेलको उत्कृष्ट प्रदर्शनमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । नेपालको इनिङ्स कुशल भुर्तेलमा टिकेको थियो र उनले नटआउट रहेर ५४ बलमा ९२ रन बनाए । त्यसमा सात चौका र छ छक्का सामेल थियो ।

नेपालको सुरुवात भने राम्रो थिएन । ११ रनको स्थितिमै ओपनर आसिफ सेखले विकेट गुमाए । उनले एक रन मात्र बनाए । अर्का ओपनर अनिल साहले भने २५ रन जोडे, त्यसमा दुई चौका र एक छक्का सामेल थियो । त्यसपछि गुल्सन झाले १२ बलमा १९ रन बनाए । उनको ब्याटबाट दुई चौका र एक छक्का निस्केको थियो । पहिलो खेलमा नेपाल १७ रनले विजयी भएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आइतबार  १२ : २३ बजे