१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

निर्वाचन सफल पार्न सबै रणनीति अपनाइन्छ : गृहमन्त्री शर्मा


४ असार २०७४, आइतबार  

0
Shares

रुकुम । गृहमन्त्री जनार्दन शर्माले करिब २० वर्षपछि हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपले सफल पार्न सरकारले सबै सुरक्षा रणनीति अपनाउने बताएका छन् ।

 

आइतबार बिहान मुसीकोटमा भएको पत्रकार सम्मेलमा मन्त्री शर्माले निर्वाचन असफल बनाउन केही तत्व लागे पनि उनीहरू असफल भएको बताएका छन् । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा सबैलाई सहभागी गराउनका लागि २ नं प्रदेशमा केही समय निर्वाचनको मिति सारिएको गृहमन्त्री शर्माको भनाइ छ ।

स्थानीय ऐन संशोधनपछि त्यसलाई कार्यान्वयन गर्न लागि केही समय चाहिने र वर्षाको सुरुआत भएका कारण असोज २ गते सरकारले त्यस प्रदेशमा निर्वाचन सफल बनाउने बताए ।

प्रकाशित मिति : ४ असार २०७४, आइतबार  ५ : ०९ बजे