१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बेलौरीलाई नमुना सहर बनाइनेछ: प्रधानमन्त्री देउवा


१० असार २०७४, शनिबार  

0
Shares

कञ्चनपुर । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलौरी बजारलाई नमुना सहरका रुपमा विकसित गरिने बताउनुभएको छ ।

शनिबार कञ्चनपुरको पूर्नबासमा नेपाली काँगेसद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले बेलौरीलाई नमुना सहरका रुपमा विकसित गरी यहाँ बसोवास गर्दै आएका बासिन्दालाई समृद्ध बनाइने बताए ।

भारतसँग जोडिएका सीमा क्षेत्रमा रहेका समस्या समाधान गर्न आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै भने “सीमा क्षेत्रमा कुनै पनि नेपालीमाथि ज्यादति हुन दिइने छैन । ”

सुदूरपश्चिम क्षेत्रको विकासका लागि कटिवद्ध रहेको बताउँदै प्रधानमन्त्री देउवाले महाकालीमा पक्की पुल निर्माण र पञ्चेश्वर परियोजना सञ्चालनका लागि कार्य अगाडि बढाइने उल्लेख गरे ।

बेलौरी कलुवापुर दू्रतमार्ग निर्माणको कार्य अगाडि बढाउनका लागि पहल भइसकेको उल्लेख गर्दै उहाँले आदिवासी राना थारु समुदायको संस्कृति संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिने बताए ।

प्रकाशित मिति : १० असार २०७४, शनिबार  ३ : ५० बजे