२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

भारतीय राष्ट्रपतिद्वारा आम माफी दिन अस्विकार, अब फाँसी दिइने


३ असार २०७४, शनिबार  

0
Shares

नयाँदिल्ली । भारतका राष्ट्रपति प्रणव मुखर्जीले आफ्नो पाँच बर्षे कार्यकालमा मृत्युदण्डको सजाय सुनाइसकिएका ३० जना अपराधीलाई माफी दिन अस्विकार गरेका छ । अर्को महिना कार्याकाल सकिदै गर्दा राष्ट्रपति मुखर्जीले दुई जनालाई माफी दिन अस्विकार गरेका हुन् ।

अस्विकार गरिएकामध्ये एकजना चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियुक्त पनि थिए । इन्डोरको मध्यशहरमा भएको त्यो घटनामा उनीसँगै अरु तीन जना पनि संलग्न थिए ।

त्यसैगरी माफी नपाउने अर्का व्यक्ति भने सन् २००७ मा पश्चिमी शहर पुनेमा मानव हत्यामा संलग्न व्यक्ति हुन् ।

उल्लेखित दुई घटनामध्ये पहिलो घटनामा संलग्न तीन जना र दोस्रो घटनामा संलग्न दुई जनालाई अदालतले मृत्युदण्डको सजाय सुनाइसकेको छ । राष्ट्रपतिले उनीहरुको आममाफीको अपिल नसुनेपछि अब उनीहरलाई झुण्डाएर फासीको सजाय दिइने छ ।

राष्ट्रपतिबाट माफी पाउन अस्विकार भएका अरु २८ जना मध्ये एक जना मुम्बइमा सन् २००८ मा भएको नरसंहारमा संलग्न अजमाल अमिर कसाब पनि रहेका छन् ।

अव राष्ट्रपति मुखर्जीसमक्ष आममाफी नदिन गरिएका अपिलको सूची पनि छैन । उनका पुर्ववर्ती प्रतिभा पाटीलले दोषी ठहर भएका ३४ जनालाई माफी दिएका थिए । एजेन्सी

प्रकाशित मिति : ३ असार २०७४, शनिबार  ६ : १२ बजे