८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

भारतीय प्रधानमन्त्री मोदी अमेरिका जाँदै, ट्रम्पसँग भेट्ने


१० असार २०७४, शनिबार  

0
Shares

नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबारबाट तीन वटा देशको भ्रमण सुरु गरेका छन् ।

उनले पोर्चुगल, अमेरिका र नेदरल्याण्डको भ्रमण गर्ने तालिका रहेको प्रधानमन्त्रीको कार्यालयका सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार उहाँको भ्रमण चार दिने हुनेछ ।

मोदी पोर्चुगलको राजधानी लिस्बोनमा शनिबार दिउसो पुगेका छन् । त्यहाँ रहदा उनले दुई देशले आगामी दिनमा गर्न सक्ने सहकार्यका उपायहरुका बारेमा छलफल गर्नेछन् ।


पोर्चुगलपछि प्रधानमन्त्री मोदी अमेरिकाको राजधानी वासिङटन डिसी पुग्ने तालिका रहेको छ ।  शनिबारदेखि सोमबारसम्मको अमेरिका भ्रमणका क्रममा आफूले अमेरिका र भारतको सम्बन्धलाई थप फराकिलो बनाउने बारेमा छलफल गर्ने मोदीले बताए ।
प्रधानमन्त्री मोदीले वासिङटनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता कार्यक्रम रहेको बताइएको छ ।  दुई नेताबीचको यो नै पहिलो भेटवार्ता हो ।
अमेरिकाको भ्रमण सकिएर उहाँ आउँदो मङगलबार नेदरल्याण्ड जाने कार्यक्रम रहेको छ । एजेन्सी

प्रकाशित मिति : १० असार २०७४, शनिबार  ५ : २९ बजे