१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

सोलु लिखुपिके गाउँपालिका प्रमुख/उपप्रमुखमा माअोवादी केन्द्र विजयी


१६ असार २०७४, शुक्रबार  

0
Shares

साेलु । माओबादी केन्द्रले सोलुुखुम्बुमा बिजयी शुरुवात गरेको छ । माओबादी केन्द्रको राम्रो पकड मानिएको लिखुपिके गाउँपालिकामा सन्तोषजनक मतान्तरले जित हासिल गरेको हो ।

केन्द्रका तर्फबाट पालिका प्रमुखका उम्मेद्धार डम्बरबहादुर बस्नेतले १ हजार १ सय ३६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा केन्द्रकी प्रमिला बस्नेत बिजयी भएकी छिन् । सो गाउँपालिकामा माओबादी केन्द्रको निकटम प्रतिद्धन्दी नेपाली काँगे्रसले प्रमुखमा ७ सय ६० तथा उपप्रमुखमा ८ सय २८ मत ल्याएको छ । जितसँगै लिखुपिके गाउँपालिकामा बिजय जुलुस निकालिएको छ । ५ वटा वडा रहेको सो पालिकामा माओबादीले केन्द्रले २, काँग्रेस २ तथा नेकपा एमालेले १ वटा वडामा वडा अध्यक्ष जितेका छन् । 


एक नगरपालिका सहित ८ वटा स्थानिय तह रहेको सोलुखुम्बु जिल्लामा खुम्बुपासाङ्ग ल्हामु बाहेक सबै स्थानिय तहको मतगणना शुरु भईसकेको छ । मौषम प्रतिकुलताका कारण खुम्बुपासाङ्गल्हामू गाउँपालिकाको मतपेटिका संकलनमा समस्या उत्पन्न भएसँगै मतगणनामा ढिलाई भएको हो । सो गाउँपालिकाको मतगणना आजै राति साँढे १० बजेबाट शुरुवात गर्ने सर्वपक्षिय निर्णय भएको जानकारी प्राप्त भएको छ ।

प्रकाशित मिति : १६ असार २०७४, शुक्रबार  ९ : २३ बजे