१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

व्यापारी हत्यामा संलग्न १७ वर्षीया किशोरीसहित तीनजना पक्राउ


२७ असार २०७४, मंगलबार  

0
Shares

काठमाडाैं । तुलसीपुर उपमहानगरपालिका ५, बसपार्कका ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठको अपहरणमा संलग्न १७ वर्षीया किशोरी पूजा घर्ती पक्राउ परेकी छन् ।

उनीसँगै उनका बुवा टीकाराम घर्ती पनि पक्राउ परेका छन् । घटनाका मुख्य योजनाकार सल्यानका ३५ वर्षीय मानबहादुर भण्डारीलाइ पनि पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले बताए ।

पूजाले फोन गरेर व्यवसायीलाई बोलाएको र अन्य व्यक्तिहरुले अपहरण गरी श्रेष्ठको हत्या गरेका थिए । त्यसपछि पूजा फरार थिइन् । उनलाइ भारतबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जेठ २६ गते राति अपहरित श्रेष्ठ सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे लेक भञ्ज्याङ जंगलमा २१ दिनपछि मृत फेला परेका थिए ।

यसअघि अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित मिति : २७ असार २०७४, मंगलबार  ३ : ०३ बजे