१६ चैत्र २०८०, शुक्रबार | Sat Mar 30 2024

नवाैं लघुकथा दिवसमा ‘रातो डायरी’ लिएर अाए सीताराम


४ भाद्र २०७४, आइतबार  

0
Shares

काठमाडौं । नवाैं लघुकथा दिवसको पहिलो दिन  सीताराम नेपालको पछिल्लो लघुकथा कृति ‘रातो डायरी’ विमोचन गरिएको छ । प्रा.डा. मोहनराज शर्माले उनको कृतिको विमोचन गरेका हुन् ।

लघुकथा समाजले आयोजना गरेको विमोचन समारोहमा नाटककार अशेष मल्ल र प्रा.डा. कपिल लामिछानेले लघुकथा कृतिमाथि समीक्षा पनि गरे ।

 

कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. मोहनराज शर्माले समीक्षागत शुभकामना दिँदै कथाकारको पहिलो लघुकथा लेख्ने प्रयास प्रशंसनीय भएको उल्लेख गरे । कतिपय कथा उत्कृष्ट रहेको बताउँदै उनले केही भने लेख्नकै लागि मात्रै लेखिएका जस्ता पनि देखिएको उल्लेख गरे ।

कथाकार सीताराम नेपालले रहर लागेर पहिलो लघुकथा कृति तयार गरेको मान्छेलाई आफ्ना कमीकमजोरी औँल्याइ दिएकोमा समीक्षकहरुप्रति आभार प्रकट गरे ।

समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ को सभापतित्वमा विमोचन कार्यक्रम सम्पन्न भएको थियो । तुलसीहरी कोइरालाले संचालन गरेको सो कार्यक्रममा समाजका पदाधिकारी पुष्करराज भट्टले आगन्तुकहरुलाई स्वागत गरेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७४, आइतबार  ५ : ३५ बजे