११ जेष्ठ २०८२, शनिबार | Sat May 24 2025

अन्तराष्ट्रिय करातेमा पासाङ रेन्जेन ह्योल्मोले पाए स्वर्ण पदक


Ang

१४ पुस २०७४, शुक्रबार  

0
Shares

हालै बंगलादेशको ढाकामा सम्पन्न अन्तराष्ट्रिय कराते प्रतियोगितामा नेपाली टोलीका पासाङ रेन्जिन लामा ह्योल्मोले कुमिते ५० किलो तौल समूहको पुरुषतर्फ स्वर्ण पदक हाासिल गरेका छन् । आयोजक राष्ट्र बंगलादेशका खेलाडीलाई फाईनलमा पराजित गर्दै पासाङ रेन्जिन ह्योल्मोले स्वर्ण पदक हाासिल गरी नेपाली सान बन्न सफल भएका छन् । सोही प्रतियोगितामा कातामा पासाङ रेन्जिनले रजत पदक समेत जितेका छन् । यसरी एउटै प्रतियोगितामा नेपाललाई दुईटा पदक दिलाएर उनी अन्तराष्टिय क्षेत्रमा नेपालको गौरव बनेका छन् ।

करातेका प्रशिक्षक सानोबाबु गिरीले दिएको जानकारी अनुसार सोही प्रतियोगितामा नेपाली टोलीका ६० किलो तौल समुह र कातामा राजु गिरीले स्वर्ण, फुर्साङ वाईबाले ६७ तौल समुहमा र विजय अधिकारीले ७० किलो तौल समुहमा स्वर्ण पदक जितेका छन् । यसै गरी अम्पु लामाले ७५ किलो समुहमा र दिपक लामाले ७० किलो तौल समुहमा रजत पदक जितेका छन् । सिनियर कातामा बलराम मित्रले स्वर्ण र सानोबाबु गिरीले रजत तथा पेम्बा तामाङले काश्य पदक जितेका छन् । नेपाली टोलीले सात स्वर्ण, पााच रजत र दुई काश्य पदक हाासिल गरी सो प्रतियोगितामा दोस्रो स्थान ओगट्न सफल भएको छन् ।

सिन्धुपाल्चोक जिल्ला पााच पोखरी थाङपाल गााउपालिका प्रमुख टासी लामा ह्योल्मोका सुपुत्र पासाङ रेन्जिन ह्योल्मोले यस अघि भरतको चेन्नाई, जम्सेद्पुर शहरहरुमा आयोजित प्रतियोगितामा सहभागी भई स्वर्ण पदक जितेका थिए भने, मलेसियामा काश्य पदक जितेका छन ।

प्रकाशित मिति : १४ पुस २०७४, शुक्रबार  १० : ३८ बजे