१८ मंसिर २०७९, आइतबार | Sun Dec 4 2022

प्रधानमन्त्री देउवाद्वारा पदबाट राजीनामा


३ फाल्गुन २०७४, बिहिबार  

0
Shares

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गर्दै देउवाले राजीनामा दिएका हुन् ।

 

संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन सम्पन्न गर्ने जिम्मेवारी पुरा भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले राजीनामा दिए ।

‘आजकै मितिबाट प्रधानमन्त्री पदबाट राजीनामा दिँदैछु । तर सरकारको नेतृत्वमा नरहे पनि जनताको सुखदुखमा हाम्रो पार्टी सदासर्वदा क्रियाशील रहनेछु,’ देउवाले भने ।

प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार  ११ : ३७ बजे