२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025

किदुगको ल्होसार पाटी सम्पन्न


Ang

२३ फाल्गुन २०७४, बुधबार  

0
Shares

शेर्पा किदुगले ल्होसारको अवसर पारेर आयोजना गरेको ल्होसार पाटीमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरियो । किदुगले यस पटक शेर्पा समुदायमा धर्म र सस्कृति संरक्षणमा महत्वपुर्ण योगदान पुर्‍याए वापत ल्हाक्पा तेन्जी शेर्पा ‘शेर्पा अफ दि इयर’को उपाधीद्धारा सम्मान गरियो ।

किदुगका पुर्व प्रवक्ता रामेछाप निवासी ल्हाक्पातेन्जीले हरेक सुक्रबार बेलुकी नियमित रुपमा बालबालिकाहरुलाई बौद्ध शिक्षा दिनमा निरन्तर खटेर महत्वपुर्ण योगदान पुर्‍याउदै आएका थिए । त्यस्तै महिलाहरुमा दिकी डोल्मा शेर्पालाई पनि समुदायमा महत्वपुर्ण योगदान पुर्‍याए वापत ‘शेर्पा वोमेन अफ दि इयर’को उपाधीले सम्मान गरियो । उनीहरुसंगै नेपाली समुदायमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याएको वापत अधिकारकर्मि तथा सञ्चरकर्मि शैलेस श्रेष्ठलाई पनि ‘नेपाली अमेरिकन हिरो’बाट सम्मान गरियो । उनीहरुलाई अवतारी लामा टुल्कु खादा र महाबाणिज्यदुत मरासिनिले प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाली कन्सुलेटका महाबाणिज्यदुत मधु मरासिनिको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा किदुगका बारिष्ठ उपाध्याक्ष्ा डोल्मा शेर्पाले स्वागत मन्तव्य दिएका थिए भने अध्यक्ष उर्गेन शेर्पाले कार्यक्रममा सहयोग गर्नेहरुलाई धन्यबाद ज्ञापन गरेका थिए । कार्यक्रममा न्युयोर्क सिटि मेयर अफिसको क्विन्स बोरो कम्युनिटि डाइरेक्टर निक गुलोता लगायत विभिन्न सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए पहिलो चरणको कार्यक्रम महासचिव तेन्डी शेर्पाले सञ्चालन गरेका थिए भने दोश्रो चरणको सास्कृतिक कार्यक्रम डोमा शेर्पाले सञ्चालन गरेकी थिइन । कार्यक्रमको शुरुवात बौद्ध शिक्षा अध्ययन गरेका बालबालिकाहरुले बौद्ध धर्मको मन्त्रोचरण र राष्ट्रिय गानाबाट भएको थियो । सास्कृतिक कार्यक्रममा गायकहरु देण्डी शेर्पा, फुरि शेर्पा, सानु शेर्पाले गीत गाएका थिए भने तिब्बती सांगितिक समुह टिपाका कलाकाहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा ल्होसार ल्हासोल आयोजक समितिले कार्यक्रममा खर्च कटाई बाकी रहेको १२ हजार ३ सय ३७ डलर किदुगलाई हस्तन्तरण गरियो ।

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार  ८ : ३४ बजे