२४ कार्तिक २०८१, शनिबार | Sun Nov 10 2024

विश्वकपको नकआउट चरण, आज फ्रान्स vs अर्जेन्टिना र उरुग्वे vs पोर्चुगल


१६ असार २०७५, शनिबार  

0
Shares

रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणको समीकरण पुरा भएको छ ।

यसपटक नकआउट चरणमा अफ्रिकन टोली परेनन् । कुनै पनि अफ्रिकन टोलीले पहिलो चरण पार गर्न सकेनन् । युरोपबाट १० टोली, दक्षिण अमेरिकाबाट चार टोली, उत्तर अमेरिका र एसियाबाट एकएक टोली नकआउट चरण पुगेका छन् ।

विश्वकप अन्तर्गत बिहिबार समूह एचबाट सेनेगल बाहिरिएसँगै रूस विश्वकपको अन्तिम १६ अफ्रिकन राष्ट्रबिहिन बनेको हो । समूह एचमा रहेको सेनेगल अन्तिम खेलमा कोलम्बियासँग १ – ० ले पराजित भएको थियो। यो समूहमा जापानसँग अंक बराबर गरे पनि सेनेगल फेयर प्ले अंकमा पछि पर्दै नकआउट चरणमा पुग्न सकेन । जापान भने जारी विश्वकपको नकआउट चरण पुग्ने एक्लो एसियन राष्ट्र बनेको छ ।

अन्तिम १६ मा कसको प्रतिस्पर्धी को ?

जुन ३०
फ्रान्स विरूद्ध अर्जेन्टिना
उरुग्वे विरूद्ध पोर्चुगल

जुलाई १
स्पेन विरूद्ध रुस
क्रोएसिया विरूद्ध डेनमार्क

जुलाई २
ब्राजिल विरूद्ध मेक्सिको
बेल्जियम विरूद्ध जापान

जुलाई ३
स्वीडेन विरूद्ध स्वीट्जरल्याण्ड
कोलम्बिया विरूद्ध इंग्ल्याण्ड

प्रकाशित मिति : १६ असार २०७५, शनिबार  ६ : ५५ बजे