१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

विश्वविद्यालयमा राजनीतिकरण बन्द गरियोस: सांसद नवीना लामा


७ भाद्र २०७५, बिहिबार  

0
Shares

काठमाडौं।नेपाल कम्युनिष्ट पार्टीकी सांसद नवीना लामाले विश्वविद्यालयमा राजनीतिकरण बढेको आरोप लगाएकी छिन्।

संसदको विषेश समयमा बोल्दै सांसद लामाले राजनीतिकरण बढेकै कारण विश्वविद्यालय लथालिङ्ग भएको बताएकी हुन्।

‘जनशक्ति उत्पादन गर्ने विद्यार्थीहरु अध्ययन गर्ने विश्वविद्यालय पोखरा विश्वविद्याल वन तथा कृषि विश्वविद्यालयलगायत १० वटै विश्वविद्यालयहरु आज लथालिङ्ग छ, उनले थपिन्, ‘कूनै प्राज्ञिक नियम छैन। शैक्षिक क्यालेन्डर नियमित छैन।’

विश्वविद्यालयका पदाधिकारी नै राजनीतक नेताको पछि लागेका कारण यस्तो अवस्था आएको उनको तर्क थियो। लामाले भनिन्, ‘विश्वविद्यालयका पदाधिकारीहरु दैनिक रुपमा राजनीतिक नेताहरुको चाकडी गर्छन्।

त्यसकारण विश्वविद्यालयहरु विशेषगरी इन्जिनियरिङ कलेजको माफियाकरण बढ्दो छ। यो डरलाग्दो कुरा छ। भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजमा ३ हजारभन्दा बढी अध्ययन गर्ने विद्यार्थीको भविष्य अन्योलमा पर्दैछ।’

विद्यार्थीको भविष्य अन्योलमा पार्ने काम अक्षम्य हुने भन्दै उनले तत्काल राजनीतिकरण बन्द गर्नुपर्ने माग गरिन्। भनिन्, ‘राजनीतिकरण विश्वविद्यालमा बन्द गरियोस। विशुद्ध प्राज्ञिक नियम बसोस।’

प्रकाशित मिति : ७ भाद्र २०७५, बिहिबार  ३ : १५ बजे