अमेरिका आइपुगेका नेपाली काग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मासग न्यूयोर्कमा रहेका जनसम्पर्कका दुई समुहले संयुक्त रुपमा भेटघाट गरि आपसी छलफल गरेका छन । स्थानीय थकाली किचन रेष्टुरेन्टमा मध्यरातसम्म भएको छलफलमा पार्टी प्रवक्ताले पाटीमा सुधार गर्नुपर्ने कुराहरू के के हुन भनी सहभागीहरूसग सुझाव मागेका थिए । सहाभागीहरुले राय दिए लगतै दोस्रो चरणमा प्रवासमा रहेको काग्रेसको जनसम्पर्क समिति अमेरिकाको बारेमा सहभागीहरूले आ आफनै भनाई र सुझावहरू दिएका थिए । छलफलमा जन सम्पर्क समितिका सभापति आनन्दा विष्ठ समुह र जन सम्पर्क समिति पुर्व संयोजक तथा जसस अन्तराष्ट्रिय सन्जालका सभापति विष्णु सुवेदी समुहले आपसी तिक्तताहरु पोखेका थिए ।
छलफलकै क्रममा केही सहाभागीहरुले जन सम्पर्क समितिले भुकम्पको बेला उठाएको रकमको विबादको बारेमा पनि चर्चा समेत गरेका थिए । सवैको भनाई सुनीसकेपछि प्रवक्ता शर्माले, जनसम्पर्क समिति अमेरिकाको सामान्य विवादलाई मिलाउनका लागी विभिन्न चार बुदामा साझा सहमति गराएका थिए । त्यही बुदालाई कार्यान्वयन गर्न समेत निर्देशन दिएका थिए । सहमति भएका बुदाहरूमा जनसम्पर्क समितिको वर्तमान र पूर्व नेतृत्व तहबिच अनौपचारिक बैठक र छलफलहरू मार्फत हार्दिकता र एकता विकसित गर्दै अघि बढ्ने, व्यक्तिगत या संस्थागत कुनै पनि आन्तरिक विषयलाई सामाजिक सञ्जालहरूमा प्रस्तुत नगर्ने , विधान संशोधन क्रममा मातृ पार्टी नेपाली काग्रेसलाई देशभित्र र देश बाहिर रहेका समस्त नेपालीको हित केन्ऽित विधान संशोधन सुझाव पठाउने र जनसम्पर्क समितिहरूको गठन,समयावधि र अधिकार सम्बन्धमा समेत राय पठाउने त्यस्तै गरि अमेरिकाको जनसम्पर्क समिति एवं यसको अधिवेशन सम्बन्धमा निकासका लागि पार्टी केन्ऽको निर्देशन प्रतीक्षा गर्ने र सोही बमोजिम अघि बढ्ने । यसका साथै पार्टीको वर्तमान अवस्था र भावी कार्लयदिशाका बारेमा सामान्य जानकारी गराएर, अब पार्टीलाई चााडै डिजीटल लाईट गराउने प्रयास भइरहेको कुरा समेत प्रवक्ता शर्माले बताएका थिए । प्रवक्ता शर्माले पार्टी हाम्रो सर्वोच्च निकाय भएकोले पार्टीको निर्देशन सबैले मान्नुपर्ने कुरा बताएका थिए ।
छोटो समयको लागी न्युयोर्क आइपुगेका प्रबक्ता शर्मासगको अनौपचारिक भेटघाट एवं छलफल कार्यक्रममा पार्टीको आमन्त्रित केन्ऽीय सदस्य एवं नेजस अमेरिकाका सभापति आनन्द विष्टले जन सम्पर्क समितिले अधिवेशन कहिले गराउने भन्ने पार्टीको निर्देशनको पर्खाइमा रहेको बताएका थिए । त्यस्तै नेजस अमेरिकाका पूर्व संयोजक एवं केन्ऽीय सदस्य विष्णु सुवेदीले ‘नेपाली जनसम्पर्क अन्तरार्र््िट्रय समन्वय समिति ‘ विश्व सञ्जालको बारेमा पार्टीले पत्र लेख्ने कुनै वैधानिक आधार नभएकोले विश्वसंजालको गतिविधि पार्टीले पत्र लेख्दैमा नरोकिन्ने बताएका थिए ।
कार्यक्रममा जन सम्पर्क समितिका सल्लाहकार आङदावा शेर्पा, समितिका महासचिव मुनिन्ऽ नेम्बाङ, सचिव भोजराज थोकर, केन्ऽीय सदस्य प्रमोद सिटौला, हरि शर्मा, समितिका पूर्व उपसभापति मिङमार शेर्पा, महासमिति सदस्य एवं नेजस अमेरिकाको केन्ऽीय सदस्य वेद प्रसाद खरेल,समिति न्युयोर्क च्याप्टरका सभापति रोशन ढुङ्गाना, उपसभापति अमर तामाङ, सदस्यहरु अनन्त सुवेदी, अग्नि ढकाल, लङआईल्याण्ड च्याप्टरका सभापति विश्व वास्तोला, महासचिव बिनिता भुजेल, दुर्गेश कार्की, महेश खड्का, काग्रेस नेतृ वन्दना कोइराला, सुजन खनाल, रामकृष्ण महर्जन, सञ्जीव श्रेष्ठ, ग्यानल थापा लगायतको उपस्थिति थिए । उनीहरु सवैले आ आफनै भनाई र सुझावहरु दिएका थिए ।