२७ बैशाख २०८३, आइतबार | Sun May 10 2026

न्युयोर्कमा सोलुवासीले नेता प्रकाशसिंह कार्कीलाई गरे स्वागत


४ मंसिर २०७५, मंगलबार  

0
Shares

न्युयोर्क । सफल व्यवसायी एवं नेता प्रकाससिंह कार्कीले सोलुखुम्बुवासीलाई विदेशमा सिकेको सीप, ज्ञान र कमाएको सम्पत्ति जिल्लामा फर्केर लगानी गर्न आग्रह गरेका छन् । नेपाली कांग्रेस सोलुखुम्बु जिल्ला सम्पर्क समिति न्युयोर्कले आयोजना गरेको भेटघाट कार्यक्रममा नेता कार्कीले देशको विकासका लागि विदेशमा बस्नेहरुले पनि आ आफनो ठाउबाट सहयोग गर्न आग्रह गरेका छन् ।

‘देशलाई विकास र समुन्नत बनाउन विदेशमा बस्नेहरुले पनि आफनै जन्म थलोमा फर्केर सहयोग गरेमा देश र जनता दुबैलाई धेरै फाइदा हुनेछ,’ कार्कीले भने । गत निर्वाचनमा नेपाली कांग्रेसबाट सोलुखुम्बु जिल्लाको क्षेत्र न १ बाट प्रदेश सभाको उम्मेद्वार बनेका उनी वल्ड फ्रेड इन्टरनेशनल तथा प्यारागन ट्राभल टुरका प्रबन्धक निर्देशक एवं उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य तथा एक्सपोर्ट प्रोमोसन कमिटिको चेयरमेन हुन् । व्यवसायसँगै राजनीतिमा लागेको कार्कीले आफु पदको लागि नभइ जनताको सेवा गर्ने बिचारले आगडि बढिरहेको बताएका थिए ।

नेपाली जनसम्पर्क समिति अमेरिकाको पूर्व संस्थापक उपाध्यक्ष तथा नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय सल्लाहकार मिङमार शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव तथा नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष आङ दावा शेर्पा, जन सम्पर्क समिति अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष विष्णु सुवेदी, समितिका महासचिव मुनिन्द्र नेम्हाङ लगायतका बक्ताहरुले मन्तव्य राखेका थिए ।

कार्यक्रममा शेर्पा किदूग अमेरिकको महासचिव तेण्डी शेर्पा, सोलुखुम्बु सल्लेरीका पुर्व गाविसा आरपि लामा, एनआरएनका सल्लाहकार नेदेन दोङला, एनआरएन बोर्ड अफ मेम्बर निमा ग्याल्जेन शेर्पा, नेपाली जनसम्पर्क समिति न्युयोर्क च्याप्टरको महासचिव अमर तामाङ, तरुण दल अमेरिकाका वरिष्ठ उपाध्यक्ष अनन्त सुवेदीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अतिथिलाई स्वागत शेर्पा संघ अमेरिकाका महासचिव फुर्वा शेर्पा र विजय कुमार थुलुङले गरेका थिए कार्यक्रम सञ्चालन नेपाल शेर्पा विद्यार्थी मञ्चको पूर्व अध्यक्ष आङछिरीङ शेर्पाले गरेका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७५, मंगलबार  १० : १७ बजे