७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

अग्रजको सम्मानमा अमेरिकामा ‘च्याङबा होई च्याङबा’देखि ‘हो हो माले हो हो’सम्म


२५ मंसिर २०७५, मंगलबार  

0
Shares

एभरेस्ट टाइम्स/न्युयोर्क

 

नेपाली अमेरिकन कलाकार संघले डिसेम्बर ८ मा न्युयोर्कको ज्याक्सन हाईट्सस्थित शेर्पा किदुगको सभाकक्षमा ‘श्रष्टा सम्झना सम्मान साँझ’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । साँझमा नेपालका अजर अमर गीत-संगीतका १९ जना धरोहर सांगीतिक श्रष्टाहरुका कालजयी गीतहरुलाई अमेरिकामा बसोबास गरिरहेका कलाकारहरुले प्रस्तुत गरेका थिए ।

 

अजर अमर गीतसंगीतलाई नयाँ पुस्तासम्म ल्याएर अग्रजहरुको सम्मान गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य भएको आयोजकले जनाएको छ । कालजयी गीतहरुको प्रस्तुति दर्शकले मन पराएका थिए । कार्यक्रमको तेस्रो खण्डमा गाईएका लोक भाकाका गीतहरु प्रस्तुत हुनासाथ सहभागीले कलाकारलाई नाचेर साथ दिएका थिए ।

कार्यक्रमको औपचारिक सत्रमा नेपालको पहिलो गायक सेतुराम श्रेष्ठ देखि प्रविन गुरुङसम्मका छोटो चिनारी समेटिएको श्रब्य-दृश्य पनि देखाईएको थियो । रातको २ बजेसम्म चलेको कार्यक्रम अनुकरणीय रहेको भन्दै दर्शकले प्रतिक्रिया दिएका थिए ।

नेपालीहरुको मन-मनमा बस्न सफल त्यस्ता गीत-संगीतको जगेर्ना गर्न तथा गीतसंगीतमा पछिल्लो समय र पुस्तामा आएका बिकृतिहरुलाई न्यूनीकरण गर्दै अग्रज सर्जकहरुलाई सम्मान गर्ने प्ररम्पराको आरम्भ गर्नकै   लागी प्रवासी भूमीमा यस्तो कार्यक्रम आयोजना गरिएको आयोजक अमेरिकन कलाकार संघका अध्यक्ष सुमन बुढाले जानकारी दिए । अध्यक्ष बुढाले भने, ‘यो कार्यक्रमबाट बचत भएको रकम पनि कलाकारिता क्षेत्रकै सम्बर्द्धन र विकासका लागि लगानी गरिने छ ।’

अघिल्ला वर्षहरुको प्रचलनलाई निरन्तरता दिँदै कलाकार संघले हरेक बर्ष प्रदान गर्दै आएको “लाईफटाईम अचिभमेन्ट अवार्ड” यो बर्ष संगीतकार शिशिर श्रेष्ठ र गायिका गोमा योन्जनलाई प्रदान गरेको छ ।

 

यो वर्षको विशेष सम्मान समाजसेवी व्यवसायी गेल्जेन नुरु शेर्पा र किराँत राई याक्थुङ  चुम्लुङ अमेरिकाका  अध्यक्ष दिपेश लिम्बुलाइ प्रदान गरिएको थियो भने कार्यक्रमको आतिथ्य नेपाल सरकारका तर्फबाट वाणिज्यदुत कृसु क्षेत्री र एनआरएन अमेरिकाका  क्षेत्रीय उपसंयोजक नवीन शेरचनले गरेका थिए । त्यसैगरी आदिवासी जनजाति महासंघका अध्यक्ष मान रानामगर, एनआरएन अमेरिका महासचिव बाबुराम लामा,  बिशेष अतिथिका रुपमा आमन्त्रित थिए । कार्यक्रममा न्युयोर्कमा रहेका अधिकांश सबै ठुला तथा सक्रिय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । संघले घोषणा गरेको ‘श्रष्टा सम्झना सम्मान साँझ’ उत्कृष्ट भेषभुषा पुरस्कार महिला दर्शकतर्फ घ्याल्सुम्दो सेवा संस्थाका पूर्व उपाध्यक्ष चुण्डी शेर्पा  र पुरूषतर्फ दीप बागचन्दले हात पार्न सफल भए भने अनुशासित(भेषभुषा सहित) दर्शकको पुरस्कार तमु परिवार न्युयोर्कका उपाध्यक्ष मनिता गुरूङले हात पारिन् ।

औपचारिक कार्यक्रम सन्चालन संस्थाका ऊपाध्यक्ष बिक्की पुलामी मगर र महासचिव विमल डाँगीले संचालन गरेका थिए भने पछिल्लो भागको प्रत्यक्ष सांगीतिक कार्यक्रमको उद्घोषण  कलाकार तथा सन्चारकर्मी शैलेष श्रेष्ठले गरेका थिए ।

 

वाद्यवदनतर्फको अहम जिम्मेवारी मादल, ढोलक र तबलामा न्हुच्छेनारायण डंगोल, गितारमा शिशिर श्रेष्ठ, बेस गितारमा राम श्रेष्ठ, किबोर्डमा डेबिड ढकाल, बाँसुरीमा राम सिंह र सारंगीमा अमृत रामदामले बहन रहेका थिए भने उक्त कार्यक्रममा तल उल्लेखित रोलक्रम अनुसार तिनै स्रष्टाहरुका गीतहरु अमेरिकामा रहेका लोकप्रिय गायक-गायिकाहरुले प्रस्तुत गरेका थिए ।

 

कुन अग्रजका गीतमा कसको प्रस्तुति?

 

१. मेलवादेवी

सवारी मेरो रेलैमा – सपना श्री

२. मित्रसेन

मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रै बैनीले – बिमल डाँगी

३. अम्बर गुरुङ

नौलाख तारा ऊदाए – अभय ढुँगेल

४. नातिकाजी

नेपाली हामी रहौंला कहाँ नेपालै नरहे – तुल्सीराम न्यौपाने

५. गोपाल योन्जन

च्याङबा होई च्याङबा – आङगेलु शेर्पा र गोमा योन्जन

६. अरुणा लामा

हे कान्छा मलाई सुनको – रोशन गुरुङ  र पूजा न्यौपाने

ऊडि जाऊँ भने म पंक्षी हैन – संगीता मुखिया

चौतारीमा बसेर – रेश्मा सुनुवार

७. तारादेवी

फूलको थुँगा बगेर गयो – पविता परियार

साँघुरी बारिनी हउ – सरिता डाँगी

टाढाबाट बोलाएको – सलिना श्रेष्ठ

८. अरुण थापा

जती माया लाएपनि – प्रेम सेन्चुरी

ऋतुहरुमा तिमी – सानु शेर्पा

९. नारायण गोपाल

एऊटा मान्छेको मायाले कति – जगदीश समाल

तिम्रो जस्तो मुटु मेरो पनि – रोशन गुरुङ्ग

हे कान्छा ठट्टैमा यो बैंश जान लाग्यो – बसन्ती राई र अभिषेक

मेरो गीत मेरै प्रतिबिम्ब होइन – राजेन्द्र राई

पर्खि बसें आउला भनी – रुबिन शर्मा

मान्छेको माया  यहाँ – राम श्रेष्ठ र संगीता मुखिया

१०. फत्तेमान राजभण्डारी

यस्तो पनि हुँदोरैछ जिन्दगीमा कहिलेकही – सपना श्री

बनै खायो डढेलोले – जगदीश समाल

११. राम थापा

कट्टर कट्टरमा – राजु ढुंगेल र रेश्मा सुनुवार

१२. झलकमान गन्धर्व

बाला जोवन खेलेरै गयो – लक्ष्मण पौडेल

१३. लोक बहादुर क्षेत्री

आमा रुँदै गाऊँबेसी मेलैमा – भगवान भण्डारी

छमछम नाँचिदेऊ निउरेर – उदय भट्टराई र सरीता डाँगी

१४. द्वारिकालाल जोशी/सुन्दर श्रेष्ठ-

रेशम फिरिरी – तिलकबम मल्ल

१५. प्रवीण गुरुङ

यो दाजुको मिर्मिरे आँखा – निशा सुनार र बिमल डाँगी

१६. पन्नाकाजी

तिरिरी मुरली बज्यो बनैमा – पविता परियार

१७. कल्याण शेरचन

सोर्है बर्षे उमेरैमा – राजेश थापा र सुमन बुढा

१८. धर्मराज थापा

हो हो माले हो – बिमल डाँगी

प्रकाशित मिति : २५ मंसिर २०७५, मंगलबार  ९ : २५ बजे