टिपिएस समाधानको लागी डिसिमा र्‍याली

२०७५ फाल्गुन १, बुधबार १०:२२


नेपाल सहित विभिन्न १३ मुलुकको विभिन्न संघसस्थाहरुले टिपिएस स्थायी समाधानको माग गदै वासिङटनडिसिस्थित वाइटहाउस र क्यापिटलहिल भवन सामु विशाल रार्‍ली निकालेका छन । अमेरिकी सरकारले दिदै आइरहेको टिपिएस सुविधा स्थायी रुपमा कायम गराउनका लागी न्युयोर्कबाट विहान ५ बजेनै कैयो संघसस्थाका प्रतिनिधिहरु त्यस तर्फ गएका थिए । प्रतिकुल मौसमनै भएपनि विहान १० त्यहा वाइटहाउस अघि भेला भएका सहाभागीहरुले आप्रवासीको माग पुरा गर, परिवारलाई छुट्टयाउनु पाउदैन, अमेरिका हाम्रो घर हो ‘ भन्ने प्ले कार्ड बोकेर प्रर्दशन गरेका थिए ।

उक्त प्रर्दशन द नेशनल टीपीएस एलायन्सको नेतृत्वमा भएको थियो । न्युयोर्कबाट अधिकारको संयोजनमा अधिकांस सस्थाका प्रतिनिधिहरुले भाग लिएका थिए । रार्‍लीमा जानेहरुको लागी अधिकारले आवतजावत र खानाको व्यवस्था समेत गरेका थिए । प्रर्दशनसंगै सहाभागी संघसस्थाहरुका प्रतिनिधिहरुले टीपीएसको स्थायी समाधानको लागि पहल गर्न अमेरिकी संसद समक्ष अपिल समेत गरेका थिए । टिपिएस विपत्तिमा परेको अमेरिकामा बस्ने सम्बन्धीत मुलुकको नागरिकलाई दिइने सुविधा हो । अमेरिकामा बस्ने नेपालीले पनि केही बर्ष अघिको महाभुकम्पपछि करिब ९ हजार नेपालीले यो सुविधा लिइरहेका छन । ट्रम्प सरकारले टिपिएस नविकरण नगर्ने भएकोपछि अन्य देशहरुसंगै नेपालीले पनि स्थायी रुपमा टिपिएस पाउनु पर्ने माग सहित यो रार्‍लीमा भाग लिएको हो । टीपीएस सुविधा अन्त्य गर्ने अमेरिकी सरकारको निर्णय विरूद्ध नाईन्थ सर्किट कोर्टमा मुद्दा समेत दायर गरेका छन ।

सम्बन्धित समाचार