३० माघ २०८१, बुधबार | Wed Feb 12 2025

महिला प्राध्यपक बिमला नेपालले भनिन्, ‘संविधानले दिएको ३३ प्रतिशत अधिकार प्राज्ञिक क्षेत्रमानै बिभेद छ’


३० फाल्गुन २०७५, बिहिबार  

0
Shares

काठमाडौं । पद्म कन्या क्याम्पसका प्राध्यपक संध नेपालकी सदस्य बिमला नेपालले संविधानले दिएको ३३ प्रतिशत अधिकारलाई प्राज्ञिक क्षेत्रमानै बिभेद गरिएको जिकिर गरिन् ।

बिहीबार भृकुटीमण्पस्थित रिपोर्टर्स क्लबमा पद्यमकन्या बहुमुखी क्याम्पस बागबजार, काठमाडौंका महिला प्राध्यापक, महिला कर्मचारी तथा विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका देशभरिका आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत क्याम्पसमा महिला क्याम्पस प्रमुखहरु बनाउन माग गरेका छन् ।

प्राध्यपक नेपालले आफुहरुले उपकुलपति, रेक्टरको कार्यालय र रजिष्टारको कार्यालयमा जानकारी गराउदापनि सनुवाईको कुनै पहल नभएको समेत गुनासो पोखिन् ।

पद्यमकन्या बहुमुखी क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुखमा महिला प्राध्यापकलाई नियुक्त गर्न पनि माग गरेका छन् ।

पद्यकन्या बहुमुखी क्याम्पसकी गृह विज्ञान केन्द्रीय बिभागकी प्रमुख प्रा. डा. मनसा थापा ठकुराठीले महिला क्याम्पसमा महिलालाई नै प्रमुखमा नियुक्ति गर्न सरकारसंग माग गरिन् ।

थापाले सरकारलाई प्रश्नगर्दै भनिन्, ‘नेपालको संविधान–२०७२ ले दिएको अधिकारलाई कार्यान्वयन गर्दे महिलालाई दिईएको ३३ प्रतिशतको नियम किन त्रिभुवन विश्वविद्यालयलमा कार्यान्वयन हुन सकेन?’

स्थापनाकालदेखि नै गर्विलो ईतिहाँस बोकेको क्यापसमा अहिले आएर योग्य महिलालाई बिभेद गरेर पुरुषलाईमात्र योग्य बनाउन खोजिएको समेत उनले आरोप लगाईन् ।

कार्यक्रममा प्राध्यपक डा.कल्पना श्रेष्ठले प्राज्ञिक क्षेत्रमा ३३ प्रतिशत अधिकार बिश्वबिद्यालयले लागु नगरेके भन्दै आक्रोस पोखिन् । उपकुलपतिले आफ्ना समस्याहरुलाई बेवास्ता गर्दे आएको पनि गुनासो सुनाएकी थिइन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७५, बिहिबार  ६ : ५० बजे