२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

न्युयोर्कमा ‘ कहीकतै ‘ प्रर्दशन हुदै


Ang

१९ चैत्र २०७५, मंगलबार  

0
Shares

नेपाली समाजिक कथामा निर्माण भएको चलचित्र ‘ कहीकतै ‘ न्युयोर्कमा मे ५ तारिख गुलसान टेरेसमा प्रर्दशन हुने भएको छ । गत वर्ष रिलिज भएको यो चलचित्र सविर श्रेष्ठको निर्देशन उमा गिरि र दावा शेर्पाको निर्माणमा बनेको हो । नेपाल र सिक्किममा छायाङकन गरिएको यो चलचित्रमा कलाकारहरु दिलिप रायमाझीसंगै सिक्किमको मुख्य मन्त्रि पवन चम्लिङको छोरा विशाल चम्लिङ, किशोर खतिवडा, सोनाम बर्पुङपा, सिवानी गिरि, उमा गिरि, सृजना र दिपेन राईको अभिनय रहेको छ ।

न्युयोर्कपछि मेरिल्याण्ड र टेक्सासमा प्रर्दशन हुन लागेको यो चलचित्र प्रर्दशनबाट संकलित रकमको केही हिस्सा सिन्धुपाल्चोकको भुकम्प पिडितहरुको भवन निर्माणमा सहयोग गर्न लागेको निर्माता दावा शेर्पाले बताए । उनका अनुसार गत वर्ष नेपालभरिनै दुई हप्ता सफलताका यो चलचित्र प्रर्दशन भएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ६ : १८ बजे