२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

नलिनाले विस्कन्सनवासीलाई नचाईन्


१२ बैशाख २०७६, बिहिबार  

0
Shares

एभरेष्ट टाईम्स, विस्कन्सन ।

चर्चित गायिका नलिना चित्रकारले नेपाली नयाँ वर्षको अवसरमा अमेरिकाको विस्कन्सनवासीलाई भरपूर नचाईन् । नेपाली नयाँ वर्ष २०७६ भव्यरुपले मनाउँन नेपाली अमेरिकी मैत्री संघ (नाफा)को आयोजनामा विस्कन्सन राज्यको म्यडिशन शहरमा सम्पन्न कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा परिचित गायिका नलिना चित्रकारले लगभग आधा दर्जन चर्चित गीतहरु गाउँदै दमदार प्रस्तुती दिएकी थिईन् । स्थानिय कलाकर्मीहरुबाट विभिन्न आकर्षक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो ।

प्रवासमा पनि नेपाली सांगीतिक क्षेत्रमै निरन्तरता दिएकी गायिका चित्रकारलाई उनको योगदानको कदर स्वरुप नाफाका अध्यक्ष सन्तोष लामिछानेले सोही अवसरमा प्रसंसापत्र पनि प्रदान गरे ।

नाफाको बार्षिक साधारण सभा समेत सम्पन्न गरिएको उक्त कार्यक्रममा स्वयम् सेवकहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा म्याडिसन शहर र वरपरका वासिन्दा लगायत युनिभर्सिटि अफ विस्कन्सनका बिद्यार्थीहरु उपस्थित रहेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७६, बिहिबार  ७ : २८ बजे