एभरेस्ट टाइम्स/न्युयोर्क
नेपाली मुलका एक विद्यार्थीले ग्रोभर क्लिभल्यान्ड हाइस्कुलमा गोल्ड मेडल प्राप्त गरेपछि उनको चर्चा चुलिएको छ । गत मे मा विज्ञानको फिजिक्सतर्फ उनले गोल्ड मेडल प्राप्त गरेका हुन् ।
जीवनले हालै हाइ स्कुलबाट ग्राजुएट पुरा गरेका उनलाई अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलेले समेत अवार्ड पठाएका छन् । पढाईमा मेधावी भएकै कारण उनलाई राष्ट्रपति ट्रम्पले ‘प्रेसिडेन्ट इजुकेसन अवार्ड’ कार्यक्रम अन्तर्गत आउट स्ट्यान्डिङ एकेडेमिक इक्सिलेन्स अवार्ड प्रदान गरिएको हो ।
एल्महस्ट हस्पिटलको कम्यूनीटि बोर्ड सल्लाहकारसमेत रहेका यादव बास्तोलका छोरा जीवनलाई न्युयोर्क सिटी काउन्सिलले पनि विशेष प्रमाणपत्र प्राप्त गरेको छ ।
सन् २०१७ मा न्युयोर्कको ब्रुकलिन आएपछि उनले कक्षा १० बाट पढाई शुरु गरेका हुन् । उनले पढाईमा प्रगति गरेका कारण उनी चर्चमा आएका हुन् । आफ्नो सन्तानले यसरी सम्मान पाएकोमा गर्व लागेको उनका पिता यादवले बताए । हाइस्कुलमा हुँदा जीवनले ग्रोभर क्लिभल्यान्ड साइन्स रिसर्च क्लबमा नेतृत्व गरेका थिए ।
सबैभन्दा बलियो पुल बनेपछि आए चर्चामा
रिसर्च क्लबका लिडर उनी एक प्रतियोगितामा सहभागी भए । गत मार्चमा जोन ब्राउन हाइस्कुलमा पुल बनाउने प्रतियोगिता भयो । जीवनको क्बलले पनि उक्त प्रतियोगितामा सहभाविता जनायो ।
११ औं रिजनल ब्रिज बिल्डिङ कन्टेस्टमा उनले नमुना पुल बनाए । उक्त प्रतियोगितामा विद्यार्थीले बासउडको नमुना पुल बनाउनुपथ्र्यो । यसको उद्देश्य भनेको सबैभन्दा हल्का तर धेरै गह्रुँगो बस्तुलाई पनि धान्न सक्ने पुल बनाउनुपर्ने हो । प्रतियोगितामा जीवन फाइनल राउन्डमा पुगे ।
उनले बनाएको पुल १२.७ ग्राम माथ थियो । तर यसले भाँचिनुभन्दाअघिसम्म २४.४ किलोग्राम धानेको थियो । त्यसपछि उनले अन्तराष्ट्रिय ब्रिज बिल्डिङ कन्टेस्टमा भाग लिने अवसरसमेत पाएका थिए । प्रतियोगितामा मिङमर तामाङ दोस्रो, अनिस थापा, दावा शेर्पा, निश्चल थापा टप फाइभमा परेका थिए । यस समूहमा अल्बा कम्ब, इरिक गुरेरो, प्रतिमा गुरुङ, सुदिप कँडेल, जेफरी मेन्डोजा, बिल्ली नारन्जो, प्रनिश ओझा, एलन पिन्टो, मयरा रोजास र जोनाथन रोजास पनि सहभागी थिए । यसरी सबैभन्दा बलियो पुल बनाएका जीवनले आफूले अथक मिहेनत गरेको बताएका छन् । विभिन्न प्रतियोगितामा सहभागी जनाउने यस हाइ स्कुल भने क्लबले विद्यार्थीलाई सशक्तीकरण गर्न मद्दत गर्नेमा विश्वास गर्छ ।