मेलम्ची । नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला कार्यसमितिको २५ औं बैठकले क्षेत्रीय सभापति चयन गरेको छ ।
मेलम्चीमा आयोजित बैठकले नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिको परिपत्र अनुसार निर्देशिका बमोजिम प्रतिनिधि सभा १ मा बालकृष्ण बस्नेत र प्रतिनिधि सभा २ मा आइतमान तामाङलाई क्षेत्रीय सभापतिको रुपमा सर्वसम्मतिले चयन गरेको जिल्ला सचिव बिलबहादुर तामाङले जानकारी दिए ।
बैठक कांग्रेस जिल्ला सभापति विकास लामा र निर्वाचन केन्द्रीय प्रतिनिधि सिन्धुपाल्चोकको लागि तोकिएका डिलएका जिल्ला संयोजक हरी कार्कीको उपस्थिति मा सम्पन्न भएको हो ।
बैठकले भदौ १९ मा क्षेत्र १ बाह्रबिसेमा कांग्रेस क्षेत्रीय भेला गरी त्यसभित्र पर्ने प्रदेश सभा वडा, नगर तथा गाउँपालिकामा आफ्नो संरचना तयारी गर्ने निर्णय गरेको छ भने २० गते क्षेत्र २ को मेलम्चीमा प्रदेश सभा ,वडा,गाउँ तथा नगरपालिका आफ्नो संरचना बनाउने निर्णाय गरेको छ । तीन क्षेत्र रहेको सिन्धुपाल्चोक देश संघीयतामा गएसँग दुई क्षेत्रमा सीमित भएको हो ।