१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

सागको दोस्रो दिन नेपाललाई स्वर्ण जिताउने खेलाडी यी हुन्



काठमाडौं– तेह्रौ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण संख्या २३ पुर्याएको छ।

सोमबार नेपालले कराँते र तेक्वान्दोतर्फ समान ७ – ७ र ट्रायलथनमा १ गरी १५ स्वर्ण जितेको थियो।

मंगलबार नेपालले उसुतर्फ २ स्वर्ण थपेको छ। नेपालले उसुको थाउलोअन्तर्गत पुरुष र महिला छानछ्वानमामा स्वर्ण जितेको हो। महिलामा सुस्मिता तामाङले स्वर्ण जितिन् भने पुरुषमा विजय सिञ्जालीले थाउलोतर्फ छानछ्वानमा स्वर्ण जितेका हुन्।

त्यस्तै नेपालले मंगलबार कराँतेमा २ स्वर्ण थप गरेको छ। नबिन रसाइलीले कराँतेको ६७ केजी तौल समूहमा स्वर्ण जितेका हुन्। त्यस्तै सुनिता महर्जनले पनि ६८ केजी तौल समूहमा कराँते फाइटमा स्वर्ण जितिन्।

तेक्वान्दो फाइटमा काजल श्रेष्ठले ४६ किलो तौल मुनिको समूहमा स्वर्ण जितिन् भने फाइटतर्फ नै ६८ केजीमुनि वीरबहादुर महराले स्वर्ण जिते ।

पोखरामा दुआथलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् । नेपालले महिला म्याराथनमा पनि स्वर्ण जितेको छ। सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर दौडमा स्वर्ण जितेकी छिन्।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  ९ : २३ बजे