अहिलेसम्म १७२ पटक निरन्तर रक्तदान गदै आएका रक्तदाता अर्जुन मैनालीलाई न्युयोर्कस्थित वेष्टर वे टाउनले विशेष सम्मानका साथ डिसेम्बर २२ लाई ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा गरेको छ ।
मैनालीले नेपाल हुँदै विश्वका ६ महादेशका १७ देशहरुमा पुगेर रक्तदान गर्दै जनचेतना फैलाउने महान कार्य गरेको भनी यो सम्मान गरेको हो ।
सन २००७ देखि ओयष्टर वेटाउनको हिक्सभिलमा बस्दै आएका मैनालीले अमेरिकाका १४ राज्यमा रक्तदान र उत्प्रेरणामूलक कार्य गरेका छन् ।
उनले हालसम्म ६ वटै महादेशका १७ देशहरुमा १७२ पटक रक्तदान (१२३ होल ब्लड र ४९पटक प्लेट्लेटस) दान गरिसकेका छन् । उनले गरेको यो रक्तदानले ५१६ जनासम्मलाई बचाउन सहयोग हुन्छ । अमेरिकामा दैनिक करीब ४० हजार युनिट रगत चाहिन्छ । न्यूयोर्क देखि ४० किलोमिटर टाढाको ओयष्टरवे टाउनमा तीनलाख जनसंख्या छ । स्थानीय सरकारले समुदायका कामलाई महत्वपूर्ण ठानेर जनमानसमा सन्देश पुर्याउन दिवस घोषणा गर्दछ । स्थानीय बासिन्दा अर्जुन मैनालीले रक्तदानको क्षेत्रमा स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रियसम्म अतुलनीय योगदान पुर्याएकोले ओयष्टर वे टाउनले विश्व रक्तदाता अर्जुन मैनालीदिवस घोषणा गरेको जनाएको छ ।