२३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026

२२ लाख ८२ हजार नगदसहित जुवाखालबाट वडाध्यक्षलगायत १६ पक्राउ



धनगढी– कैलालीबाट सोमबार २२ लाख ८२ हजार रुपैयाँसहित १६ जना जुवाडे पक्राउ परेका छन्।

धनगढी-३ को रोस हाउस रेस्टुरेन्टनजिकै तिलक अधिकारीको घरमा जुवा खेलिरहेका १६ जनालाई प्रहरीले सोमबार बिहान राति पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अधिकारीसहितका व्यक्तिलाई जुवा खालबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा कैलाली गोदावरी-१० का रवीन्द्र शाही, धीरेन्द्र चन्द, भुवन कुँवर, रमेश खड्का, खेमराज भट्ट, जनक दौल्याल, सन्देश तामाङ, मोहन खड्का, अमित गुरू, प्रेमबहादुर सिंह, सूर्य भट्ट, कालुसिंह धामी, चन्द्रमणि अधिकारी, जयसिंह धामी र मंगल ठगुन्ना रहेका छन्।

पक्राउ परेकालाई जुवा ऐन अन्तर्गत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार  १ : ३६ बजे