२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

पोखरामा ७० वर्षीय अमेरिकी नागरिकको मृत्यु



पोखरा– पोखरामा एक अमेरिकी नागरिकको मंगलबार मृत्यु भएको छ। पोखरा ६ डिहिकोपाटनस्थित भिलेज इन होटलमा फागुन २८ देखि बसिरहेका अमेरिकी नागरिक ७० वर्षीय मार्क स्कोलेफेल्डको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ। उनको मृत्युको कारण खुलेको छैन।

पोष्टमार्टम रिपोर्ट नआएकाले मार्कको मृत्यु के कारणले भएको भन्नेबारे नखुलेको प्रहरीले जनाएको छ। मृतक मार्कको पासपोर्ट नम्बर ५९५६२४७१२ छ।

प्रकाशित मिति : ५ चैत्र २०७६, बुधबार  ११ : २१ बजे