६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

अमेरिकामा वेरोजगार भएकालाइ हप्तामा दुई किसिमको भत्ता, यसरी भरिहाल्नुस् फाराम


Ang

१ बैशाख २०७७, सोमबार  

0
Shares

न्युयाेर्क । कोभिड १९ का कारणले अमेरिकामा अनलाइनबाट काम गर्नेहरु बाहेक सबै वेरोजगार भएका छन् । यो अवस्थामा बेरोजगार भएकाहरुलाई सरकारले बेराजगार भत्ता दिने दिने प्रक्रिया शुरु गरेको छ ।

त्यस्तै साना व्यवसाय एवं एनजिओ चलाउनेहरुले पनि समास्या भोग्नु परेको भनी सरकारले सुविधाको लागी निव्यार्जी ऋण दिने घोषणा गरेको छ । सरकारले यतिखेर दिन शुरु गरेको भत्ता कसरी पाउने र कहिले पाउने र साना व्यवसायको लागी कसरी सुविधा लिने भन्ने बारेमा न्युयोर्कस्थित लामा एकाउन्टीङका एकाउन्टेन्ट नाम्गेल लामासग आङछिरिङ शेर्पाले गरेको कुराकानी ।

सरकारले दिन लागेको बेरोजगार भक्ता कसरी पाउन सकिन्छ ?
कोभिड नाइन्टिनको कारण सरकारले दिन लागेको यो सुविधा पाउनका लागी सवैभन्द पहिला सम्बन्धीत राज्यमा रहेको निवेदकहरुले आ आफनो राज्यको डिपार्टमेन्ट अफ लेवरको वेभसाइडमा जानु पर्छ । त्यहा गएर निवेदकले आफनो अनलाइन एकाउन्ट बनाएर त्यही अनुसार वेरोजगार र भत्ताको निवेदन दिन सकिन्छ । त्यही निवेदनको आधारमा सरकारले भत्ता दिने छ ।

यो बेलामा कति थरिको बेरोजगार भत्ता पाइन्छ ?
निवेदन दिइसकेपछि सरकारले दुई किसिमको वेरोजगार भत्ता दिने भएको छ । एउटा वेरोजगार भत्ता र अर्को संक्रमित र ( पेन्डामिक क्लेम ) । यसमा वेरोजगार भत्ता ३९ हप्ताको लागी दिने भएको छ भने पेन्डामिक क्लेम १३ हप्ताको लागी ६ सय डलर दिने भएको छ । बेरोजगार भत्ता भने निवेदकले कमाएका प्रति हप्ताको आयश्रोतको आधारमा दिने छ ।
यो दुबै भत्ता पाउनका लागी फरक फरक निवेदन दिनु पर्छ ?
यो दुबै पाउनका लागी फरक फरक निवेदन दिनु पदैन ।

यो कुन कुन निवेदकले पाइन्छ ?
घरमा काम गर्ने कामदार ( हाउसहोल्ड इप्लोइज बेवीसिटर ) बाहेक यो सुविधा सवैले लिन पाइन्छ । जसमा टयाक्सी, उभरलिफटड्राइभर, डब्लुटु इम्प्लोइज, सेल्फ इम्प्लोइज, इन्डीपेन्डेन्ट कन्ट्रक्टर लगायतले पाइने छ ।
यो सुविधा लिनका लागी कहिलेसम्म निवेदन दिइसक्नु पर्छ ?
नियमले वेरोजगार भएको एक हप्तापछि निवेदन दिनु पर्छ भनेतापनि यो अकास्मिक वेला लेबर डिपार्टमेन्टले जहिले पनि निवेदन सकिन्छ भनेको छ । यसको मतलब यसको समय अवधी तोकिएको छैन ।

यो भक्तामा कर लाग्छ की लाग्दैन ?
सरकारले दिएको यो सुविधा भएपनि यो कमाई हो त्यसकारणले यसमा कर लाग्छ । तपाईहरु आ आफनो राज्यको नियम अनुसार १० प्रतिशत कर फेडरल, स्टेट र लोकललाई छुट्टयाएपनि हुन्छ । आगामी बर्ष टेक्स फाइल गर्दा नविर्सुपर्ने मुख्य कुरा लेबर डिपार्टमन्टमा यो बेरोजगार भत्ताको कमाईको ( टेन नाइन्टि नाइन जि) भनेर अनलाइनमा फाराम राखेको हुनेछ । टेक्सफाइल गर्दा भर्नु पर्छ । जुन जनवरीको ३१ तारिखसम्मका उपलब्ध हुनेछ ।

साना व्यवसाय एवं सस्थाहरुलाई कस्तो सुविधा उपलब्ध गराएको छ ?
अहिलेको यो स्थितिमा साना व्यवसाय तथा सस्थाहरुलाई सरकारले दुई किसिमको ऋण सुविधा दिन लागेको छ । जसमा एउटा व्याज विनाको ऋण र व्याजसहितको ऋण रहेको छ । यो पाउनका लागी साना व्यवसाय र संघसस्थाले डब्लुटु जारी गरेको हुनु पर्छ ।

यो सुविधा पाउनका लागी कहिलेसम्म र कसरी निवेदन दिनुपर्छ ?
फेडरल डिजस्टार व्याज विनाको ऋणको लागी आगामी जुनको ३० तारिखसम्म निवेदन दिइसक्नु पर्छ भने पेरोल प्रोटेक्स प्लानको लागी सेप्टेम्बर ३० सम्म निवेदन दिइसक्नु पर्छ । यो भने प्लान भने जो पहिला हुन्छ त्यसले सुविधा र ऋण पाउनेछ । सकेसम्म चाडो फायल भर्नुस । यसबारेमा थप विस्तृतमा कुनै जिज्ञास भएमा सबैले आ आफनो एकाउन्टसंग सम्पर्क गर्दा राम्रो हुनेछ ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ११ : ०७ बजे