एनआरएनएद्वारा १२५ थान पिपिई हस्तान्तरण

२०७७ बैशाख ५, शुक्रबार १९:३८

काठमाडाैं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले सातवटा अस्पताललाई १२५ थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) हस्तान्तरण गरेको छ ।

बालुवाटारस्थित सङ्घको सचिवालयबाट शुक्रबार उक्त पिपिई हस्तान्तरण गरिएको हो । सङ्घले प्रदेश नं २ को नारायणी अस्पताललाई २५ थान, सगरमाथा अञ्चल अस्पताल र जनकपुर अस्पताललाई २०/२०, बारा जिल्ला अस्पताल र रौतहट जिल्ला अस्पताललाई १०/१० थान पिपिई हस्तान्तरण गरेको हो ।

यस्तै वाग्मती प्रदेशस्थित केन्द्रीय कारागार अस्पताललाई १५ र भरतपुर क्यान्सर अस्पताललाई २५ थान पिपिई उपलब्ध गराइएको सङ्घको सचिवालयले जनाएको छ ।   कोभिड–१९का सङ्क्रमित बिरामीको उपचारमा संलग्न चिकित्सकका लागि पिपिई अनिवार्य भए पनि अझै पर्याप्त मात्रामा पिपिइ उपलब्ध हुन सकेको छैन ।

सम्बन्धित समाचार