२९ पुस २०८२, मंगलबार | Tue Jan 13 2026

मनुष्य


Ang

१२ बैशाख २०७७, शुक्रबार  

0
Shares

अग्नी साम्पाङ्ग, न्यूयोर्क

कहिले काही

होइन प्रायः सधैं

‘खुशी’ भ्रम हुन्छ

‘सुख’ भ्रमको पराकाष्ट

 

विश्व हातमा खेलाउने

युग चुट्कीमा पट्काउने म

सन्त्रासको पुच्छर

सुरुङ्ग्भित्र छुपाउनु पर्दा

प्रत्येक ध्वँनीमा रुवाई सुन्छ

करुणामयी धुन गुञ्जिईदिन्छ

 

युरेनियमले दीपावली मनाउने

घुर्कीको हुण्डरीले ब्रह्माण्ड छोप्ने म

विछट्टै ईँखाउँने नाक

त्रासको मोहोलाले छोप्नु पर्दा

कमलको गन्ध सुँघ्छु

बगैंचाभित्र ह्वस्स बास्ना फैलिन्छ

 

स्वर्गको तिर्थयात्री

परात्मको दुत म

कठै दैलोसँघारमा रन्थनिएको छु

अछुत हातहरुको याचना गरिरहँदा

आफैलाई चिमोट्छु दुख्दैन

घोच्छु गाला कुत्कुताऊँछ

 

कलहरी बिर्सेर

मंगलमा बस्ती बसाउने म

हरेकमा खोट देख्छु

दाग लिएर हाँसेको देख्छु

आऽऽऽ इन्द्रीयहरु

दोष्छु,

वहियात लाग्छ बास्तविकता

कोक्याउँछ यथार्थले

 

कसो कसो, चेष्टा गर्छु

आत्मलाई सुन्छु

चेतनालाई महसुस गर्छु

झन् अमिलो हुन्छ जीवन

टर्र्याउँछ जीन्दगी

र,

रहस्यमयी मुस्कानसँग

मिठास लयमा भन्छ

‘यही हो मनुष्य, तँ जो होस् ।’

 

 

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ८ : ३३ बजे