२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024

एमसीसी अघि बढाउने पहिलो कदम संसदीय अनुमोदन भएको अमेरिकी भनाई



काठमाडौं । सत्तारुढ दल नेकपा भित्रको विवादका कारण संसदमा रहेको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौतामा छलफलसमेत हुननसकेपछि अमेरिकाले यो अनुदान प्राप्त गर्ने पहिलो कदम नै संसदीय अनुमोदन भएको बताएको

काठमाडौंस्थित अमेरिकी दुताबासले सोमबार बिज्ञप्ति जारी गरेर अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय भएको उल्लेख गर्दैयस अन्तर्गतको कोषको उपलब्धता सधैँ खुला नरहने पनि उल्लेख गरेको

५० करोड डलरको एमसीसी अनुदान सम्झौता संसदीय अनुमोदनको लागि संसदमा रहेको तर सत्तारुढ दलको ठूलो हिस्सा यसकोबिरुद्धमा रहेका कारण अघि बढ्न सकेको छैन

बिज्ञप्तिको पूर्णपाठ:

नेपालसँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता बारे अमेरिकी दूतावासको वक्तव्य

एमसीसीको  अनुमोदन नेपालको संसद्‍बाट भइनसकेको बारेमा अमेरिका जानकार दुई देशले सेप्टेम्बर २०१७ मा हस्ताक्षर गरेको नेपालले सेप्टेम्बर २०१९ भित्र अनुमोदन गर्ने प्रतिबद्धता जनाएको यस ५० करोड डलरको अनुदानलाई अगाडी बढाउन आवश्यक अघिल्लोकदम अनुमोदन हो अनुमोदनमा ढिलाइ गर्नुको मतलब झन्डै करोड ३० लाख नेपालीलाई थप रोजगारी तथा आर्थिक वृद्धिमाबढोत्तरीका फाइदा दिलाउनमा ढिलाइ गर्नु हो यो अनुदान स्वीकार गर्नु नेपालको रोजाइको विषय हो तर यस अन्तर्गतको कोषकोउपलब्धता सधैँ खुला रहँदैन यो कार्यक्रमको व्यावहारिकताको निरन्तरता सुनिश्चित गर्न नेपालमा ठोस, निकटवर्ती कदम जरुरी छन्

यो सम्झौताका कार्यक्रम विकास गर्न सबै प्रमुख राजनीतिक दलका प्रतिनिधित्व भएका विविध सरकारहरू अन्तर्गत नेपाल सरकार एमसीसीले सन् २०१२ देखि लगातार सँगै मिलेर काम गरेका छन् यस सम्झौताले विद्युत् प्रसारण पूर्वाधारको निर्माण सडकमर्मतसम्भारका क्रियाकलाप गरेर करोड ३० लाख नेपालीलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्नेछ  एमसीसीको सहयोग प्राप्‍त हुने यीपरियोजनाहरू नेपालले नेपाली जनतालाई लाभ हुने गरी तीन वर्षको समयावधिमा पहिचान गरी तयार गरेको हो

एमसीसी एक कटिबद्ध साझेदार हो जसले विश्वभरका झन्डै ३० देशसँग कुल १३ अर्ब बराबरको दसौँ करोडका ३७ वटा अनुदानसम्झौतामा सफलतापूर्वक साझेदारी गरिसकेको यी अनुदानले लगानी तथा आर्थिक विकासलाई उत्प्रेरित गरी दसौँ लाखमानिसलाई गरिबीबाट माथि उठाउन सहयोग गरेका छन् साझेदार देशका सार्वभौमिकतामा टेवा पुर्‍याएका छन् अनुदानका निम्तियोग्य प्रत्येक देशले दोस्रो अनुदानको लागि आग्रह समेत गरेका छन् विकास साझेदारका रूपमा एमसीसीको पारदर्शिता पनि विश्वभरपरिचित यस वर्ष एससीसीले एक पटक फेरि सहयोग पारदर्शिता सूचकाङ्क (एड ट्रान्सपरेन्सी इन्डेक्स) मा शीर्ष द्विपक्षीय दाताकोस्थान हासिल गरेको

अमेरिका नेपालबिचको ७३ वर्ष लामो साझेदारीमा  दुवै देशको हित हुने गरी  विभिन्न  क्षेत्रमा सफल सहकार्य   भएका छन् नेपालीकोनेतृत्व  रहने एमसीसी सम्झौता  अन्तर्गतका परियोजनाले आर्थिक वृद्धिका माध्यमबाट गरिबी न्यूनीकरणमा मद्दत गर्नेछन्

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : ४९ बजे