२६ मंसिर २०८१, बुधबार | Thu Dec 12 2024

फेरी सर्यो नेकपा स्थायी कमिटी बैठक



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक फेरी सरेको छ । शुक्रबारका लागि तोकिएको बैठक साउन ४ गतेलाई सारिएको हो ।

गत असार १० गतेदेखि शुरु भएको स्थायी समितिको बैठक आन्तरिक विवादमा सहमति खोज्न शीर्ष नेताहरुको छलफल भइरहेका भन्दै पटक पटक सार्दै आएको थियो ।

नेकपामा अध्यक्ष पुष्पकमल दाहाल, नेता माधव नेपाल र झलनाथ खनालको समुहले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलाई दुवै पदबाट राजीनामा दिन माग गरेपछि विवाद चर्किएको छ ।

जारी स्थायी समितिको बैठकमा पनि दाहाल, नेपाल र खनाल समुहको बहुमत रहेकोले प्रधानन्त्री ओली अप्ठ्यारोमा छन् । उनले आन्तरिक रुपमा आफुलाई दुवै पदबाट हटाउन कारवाही गरिए अर्को पार्टी बनाउने धम्की दिएका छन् ।

यही अप्ठ्यारो परिस्थिति आएपछि निकास निकाल्नका लागि स्थायी समितिको बैठक स्थगित गरेर शीर्ष नेताहरु छलफलमा गरिरहेका छन् । तर दाहाल–नेपाल समुहले दुवै पदबाट राजीनामा दिन पर्ने र ओलीले नदिने अडानका बीच सहमति हुन सकेको छैन ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  ३ : १६ बजे