८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

मातृभूमिमा कोरोना र बाढी पहिरो प्रभावितका लागि शेर्पा संघ अमेरिका सहयोग जुटाउँदै


Ang

६ श्रावण २०७७, मंगलबार  

0
Shares

न्यूयोर्क । मातृभूमि नेपालमा कोरोना संक्रमण र प्रकृति विपत्तिको कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न शेर्पा संघ, अमेरिकाले आर्थिक संकलन कार्य शुरु गरेको छ ।

संघले शुरु गरेको आर्थिक संकलन अभियानले ४ दिनभित्र करिब १६ हजार डलर संकलन गरिसकेको छ । संकलित सहयोग रकम नेपालमा शेर्पा संघ, केन्द्रिय कार्यसमितिको समन्वयमा वितरण गर्न लागेको शेर्पा संघ अमेरिकाका अध्यक्ष निमा शेर्पाले जानकारी दिए ।

‘मातृभूमि नेपालमा कोभिड १९ र पछिल्लो समय बाढी पहिरोको कारण दुख भोग्नु परिरहेकाहरुको लागि हामीले केही सहयोग गरौ भनेर यो सहयोग अभियान थालेको हौं‘ अध्यक्ष निमा शेर्पाले भने, ‘दुई हप्ताभित्र हामीले जति संकलन गर्न सक्छौ यो रकम चाँडै नेपाल पठाएर पीडितहरुलाई सहयोग गर्ने योजना बनाएका छौ ।’

शेर्पा संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष ल्हाक्पा देण्डी शेर्पा संयोजक रहेको यो अभियानमा उपाध्याक्ष मिङमा शेर्पा, महासचिव फुर्वा शेर्पा, कोषाध्याक्ष स्याङबु शेर्पा, सहकोषाध्यक्ष एपी शेर्पा, सदस्यहरु पेम्बा गिर्मि शेर्पा, आङ्फुरि शेर्पा र लक्ष्मी शेर्पालगायत कार्यसमितिका पदाधिकारीहरु खटिरहेका छन ।

‘मातृुभूमि नेपालमा हाम्रो नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले यो विपत्तिमा भोग्नु परेको दुखद अवस्थामा उहाँहरुलाई सहयोग गर्नका लागि हामीले थालेको यो अभियानमा हातेमालो गरि सहयोग गरिदिन हुन सबैलाई हार्दिक अनुरोध गर्दछौ‘ अध्यक्ष निमा शेर्पाले नेपाली समुदायलाई सहयोगको लागि अपील गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७७, मंगलबार  ८ : ३६ बजे