देहरादुनमा नेपाली विद्यार्थीलाई यातना नदिइएको नेपाल बौद्ध महासंघको स्पष्टोक्ति

२०७७ कार्तिक १६, आईतवार १८:४७

काठमाठौं । नेपाल बौद्ध महासंघले भारतको देहरादुनस्थित साक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीहरुलाई निर्घात कुटपीट भएको भन्ने समाचारमा सत्यता नभएको बताएको छ ।

नेपाली सञ्चार माध्यमहरुमा एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई चरम यातना दिइएको समाचार प्रकाशन प्रसारण भएको थियो ।

महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पा र नेपाल साक्य बौद्ध संघका महासचिव खेन्पो कमल भण्डारीले संयुक्त विज्ञप्ती जारी गरी त्यहाँ अध्ययनरत विद्यार्थी र नेपालमा रहेका अभिभावकहरुसँग समन्वय गरी बुझ्दा सञ्चार माध्यमहरुमा आएको जस्तो घट्ना नपाइएको उल्लेख गरेका छन् ।

एकेडेमीमा अध्ययनरत केही विद्यार्थीहरुले घर जान चाहेको तर कोरोनाका कारण केही समय ढिलो हुने अवस्थामा गलत स्रोतहरुबाट घट्नासँग असम्बन्धित फोटोहरु पठाइएकाले अभिभावकहरु मानवअधिकारकर्मीहरु समक्ष पुगेर अवस्था बुझिदिन आग्रह गरेको विषयलाई सञ्चार माध्यमहरुले सत्यतथ्य नबुझी भ्रामक समाचार सम्प्रेषणको होडबाजीमा लागेको विज्ञप्तीमा उल्लेख छ ।

साथै नेपाल आउन चाहने विद्यार्थीहरुलाई नेपाल साक्य संघमार्फत एकेडेमीले समन्वय गरी नेपाल आउने वातावरण मिलाई सकेको पनि बिज्ञप्तीमा उल्लेख छ ।

सम्बन्धित समाचार