एनवाइएनएफसि तिहार कप बिजेता बने याक फुटबल क्लब

२०७७ कार्तिक २२, शनिबार ००:५९

नेपाली फुटबल खेलाडीहरुको सस्था एनवाइएनएफसिले तिहारको अवसर पारेर आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधी याक फुटबल क्लबले जितेको छ । यसै सम्पन्न प्रतियोगितामा याक फुटबल क्लब र आयोजक सस्था एनवाइएनएफसि वीच फाइनल भएको थियो ।
प्रतियोगितामा विजेता याकले १५ सय डलर र दोश्रो हुने एनवाइएनएफसिलाई ७ सय डलर नगद पुरस्कार पाएका थिए । प्रतियोगितामा विजेता र उपविजेतालाई एनवाइएनएफसिका अध्यक्ष तेन्जिङ शेर्पा, सस्थापक अध्यक्ष ओङला लामा, उपध्याक्ष गरब दोर्जी र प्रयोजक लामा एकाउन्टीङका प्रोप्राइटर नाम्गेल लामाले नगद, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा एनवाइएनएफसि, ग्याल्सुम्दा एफसि, उबर एफसि, मुस्ताङ एफसि, तामाङ एफसि,टिम टिबेटएफसि, पोताला एफसि, लेजेन एफसि,याक एफसि, रसुवा एफसि, मुस्ताङ ए एफसि, एमएमसि, नर्सिङ एफसि र सिन्धु एफसिले प्रतियोगितामा भाग लिएका थिए ।

सन २०१० मा न्युयोर्कमा क्रियासिल फुटबल खेलाडीहरुको सक्रियतामा स्थापना गरेको एनवाइएनएफसिले निरन्तर रुपमा फुटबल प्रतियोगिता आयोजना गदै आएका छन ।

सम्बन्धित समाचार