१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

नवनिर्वाचित सांसदले लिए शपथ, चार जना अनुपस्थित



प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यको पद तथा गोपनीयताको शपथग्रहण लिएका छन् । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा शपथ खुवाएका हुन् ।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ । ज्येष्ठ जबरालाई राष्ट्रपतिले बुधबार शपथग्रहण गराएपछि बिहीबार अन्य सदस्यहरुलाई शपथ गराएका हुन् ।

प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भएको अवस्थामा प्रतिनिधिसभाको बैठकको अध्यक्षता पनि उपस्थित सदस्यमध्ये उमेरका हिसाबले ज्येष्ठ सदस्यले गर्ने संवैधानिक व्यवस्था छ ।

चार सांसद अनुपस्थित
प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्यमध्ये ४ जना सांसद शपथ कार्यक्रममा अनुपस्थित भए । नेकपा एसका प्रेम आले, माओवादी केन्द्रका महिन्द्रराय यादव, कांग्रेस माया राई र माओवादीका रामकुमार राई अनुपस्थित रहेका हुन् । महिन्द्रराय यादवको शपथ कार्यक्रम शुक्रबार साढे ११ बजे सिंहदरबारमा तय गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  ४ : १९ बजे