६ आश्विन २०८३, मंगलबार | Tue Sep 22 2026

आदिवासी प्रबुद्धहरूद्वारा पहिचानको आन्दोलनमा ऐक्यबद्धता



विभिन्न क्षेत्रमा आबद्ध २५ जना आदिवासी प्रबुद्ध व्यक्तिहरूको पहिचानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । २०८० भाद्र ५ गते जारी गरेको विज्ञप्तीमा आदिवासी प्रबुद्ध व्यक्तिहरूले पहिचानको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

उनीहरुले पहिचानको आन्दोलन चुलिँदो असमानताको खाडल कम गर्न, सामाजिक न्याय, पहुँच, जातीय सद्भाव, भातृत्व एवं सहिष्णुता दर्विलो बनाउनको लागि भएको उल्लेख गर्दै नेपालको विविधतापूर्ण असन्तुलित समाजको संरचनालाई सन्तुलन कायम गर्दै राष्ट्रिय एकता कायम गरी समृद्विको बाटोमा डोर्याउने महत्वपूर्ण कडि भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिको पूर्णपाठ:

पहिचानको आन्दोलन चुलिँदो असमानताको खाडल कम गर्न, सामाजिक न्याय, पहुँच, जातीय सद्भाव, भातृत्व एवं सहिष्णुता दर्विलो बनाउनको लागि हो । नेपालको विविधतापूर्ण असन्तुलित समाजको संरचनालाई सन्तुलन कायम गर्दै राष्ट्रिय एकता कायम गरी समृद्विको बाटोमा डोर्याउने महत्वपूर्ण कडि हो ।

वस्तुतः सदियौ वर्षदेखि एक भाषा, एक संस्कृति, एक धर्म, एक सम्प्रदायलाई राज्यले प्रत्यक्ष, अप्रत्यक्ष काखी च्याप्यो । शासक र शासित भनेर जातीय रुपमा छुट्टिएको देखिन्छ । सत्ताभन्दा बाहिर रहेको समुदायहरूको अस्तित्व, पहिचानलाई कानूनी र व्यवहारिक रुपमा जालझेल गरेर कुल्चने, मास्ने काम हुँदै आएको छ । फलतः वर्णव्यवस्थामा आधारित उचनिचको अहंकारी, अमानवीय व्यवहारले समुदायहरूविच घृणाभाव जगाइदिएको छ । लोकतन्त्रका हिमायती हौ भन्ने राजनीतिक दलहरूबाट यसप्रतिको साम्प्रदायिक निरन्तरताले समाजलाई चिराचिरा पारेको छ । हाल प्रदेशको नाम कोशी नामकरणको विरोध, धरानमा गोरू काण्ड, शेर्पाहरू नेपाल प्रवेश भएको ५, ७ वर्ष भयो भन्ने जस्ता भाष्यहरूले समुदायमा गम्भीर चोट पु¥याएको छ । यस्तै गरेर दलित समुदायलाई छुवाछुत, दुव्र्यवहार, निर्घात कुटपिट गर्ने अनि न्याय नपाउने जस्ता अमानवीय दृष्टान्तहरू कैयौैैं छन् । काठमाडौं टेकुमा न्याय माग्न जाँदा मगर र तामाङ समुदायका न्यायप्रेमीहरूलाई प्रहरीहरूद्वारा निर्घात कुटपिट लगायतको घटनाहरू ब्राम्हणवादी अहंकारी सोच, व्यवहारको परिणाम हो । यस्तो चरम विभेद, अन्याय, अत्याचार भएपछि पहिचानको आन्दोलन विद्रोहात्मक चित्कारको रुपमा प्रस्फुटन भएको हो भन्ने हाम्रो ठहर छ ।

यस सन्दर्भमा सत्य, न्यायको पक्षमा उठेको आवाजहरू, विभेद विरुद्व चलिरहेको पहिचानको आन्दोलनलाई काठमाडौंको एक भेलामा सहभागि प्रवुद्ध व्यक्तिहरूले समर्थन, ऐक्यवद्धतासहित सहयोग गर्ने प्रतिवद्धता गर्दछौ । जातीय उत्पीडन, अन्यायको विरुद्व भाषिक, सांस्कृतिक, राजनीतिक तहमा सम्मानपूर्वक बाँच्न पाउने मानव अधिकारको प्रत्याभूतिको निम्ति आवाज बुलन्द गर्न नैतिक, बौद्विक सहयोग गर्न एकजुट छौ ।

१. प्रा.डा. कृष्ण हाछेथु
२. प्रा.डा. महेन्द्र लावती
३. डा.गणेश योञ्जन
४. डा. केशवमान शाक्य
५. डा. कृष्ण भट्टचन
६. डा. युवराज लिम्बू
७. डा. क्षितिज सुब्बा
८. डा. लाल रापचा
९. डा. विष्णु सिंजाली
१०. डा. टेक वहादुर गुरुङ
११. डा. सुरेश तामाङ
१२. डा. चुन्दा बज्राचार्य
१३. वम कुमारी बुढामगर
१४. नन्द कन्दङ्वा
१५. कैलास राई
१६. अमृत तामाङ
१७. चिनिमाया माझी
१८. खगेन्द्र माखिम
१९. कृष्ण चोङवाङ
२०. राम मादेन
२१. ब्रविम शेर्मा
२२. चन्द्र मादेन
२३. तिलक मगर
२४. इन्द्र राई
२५. सालिक राई

मिति: २०८० भाद्र ५ गते

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  १२ : २४ बजे