२७ आश्विन २०८१, आइतबार | Mon Oct 14 2024

आपराधिक विश्वासघात आरोपमा अभिनेता अनमोल केसी पक्राउ



आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंको टोलीले साँगाबाट उनलाई पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए ।

रावायण नामक फिल्ममा भएको विवादलाई लिएर निर्माता समूहले केसीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दिएका थिए । उनलाई भक्तपुरको साँगाबाट साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको बताइएको छ ।

निर्माण कम्पनी सुदर्शन थापा प्रोडक्सन प्रालिको तर्फबाट सुप्रिया भन्ने चन्द्रकला कटुवालले उजुरी दिएकी थिइन् । उक्त उजुरीको आधारमा अनमोलविरुद्ध केही दिनअघि पक्राउ पुर्जी जारी भएको हो । प्रहरीले खोजी कार्य गर्दा सूचनाको आधारमा साँगाबाट पक्राउ गरिएको हो ।

प्रहरीले बैंक ट्रान्सफरमार्फत १० लाख रुपैयाँ लिएर पनि फिल्म खेल्न नमानेपछि उजुरी परेको हो । यही फिल्मलाई लिएर निर्माण पक्षले उनको कारण आफ्नो एक करोड ५ लाख रुपैयाँ बजारमा फसेको समेत उल्लेख गरेको छ । जाहेरी परेपछि पटक पटक छलफलका लागि बोलाउँदा नआएपछि पक्राउ गरिएको जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ६ : १८ बजे